site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ओमनका लागि सिफारिस राजदूत शर्मिला पराजुली ढकालले भनिन्, ‘म कुनै पनि म्यानपावर व्यवसायमा संलग्न छैन’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारद्वारा ओमनका लागि नेपाली राजदुतमा सिफारिश शर्मिला पराजुली ढकालले आफू अहिलेसम्मै कुनै पनि म्यानपावर व्यवसायमा संलग्न नरहेको स्पष्ट पारेकी छिन् ।
शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पराजुलीले राजदूत सिफारिस भएलगत्तै आफू म्यानपावर व्यवसायमा संलग्न भएको खबर सार्वजनिक भएको कुरामा कुनै सत्यता नभएको स्पष्ट पारिन् । उनले भनिन्, “यो खबरले म अत्यन्तै मर्माहत भएकी छु, मेरो कुनै म्यानपावरमा संलग्नता छैन् ।”
पराजुलीद्वारा जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ, “सर्वप्रथम नेपाल सरकार र राजनीतिक दलहरुप्रति मेरो क्षमतामाथि विश्वास गरेर ओमानको राजदुतमा सिफारिस गरेकोमा आभार प्रकट गर्न चाहन्छु, एउटा नेपाली नागरिकका नाताले सरकार, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतले ममाथि गरेको विश्वासमा खरो उत्रिने वाचा गर्न चाहन्छु ।”
उनले आफूलाई मलेसियाबाट डिपोर्ट गरिएको भनेर समेत समाचार आएकोमा खेद व्यक्त गर्दै भनिन्, “मेरो पासपोर्ट हेर्न सक्नुहुन्छ, यो गलत कुरा हो, हुन त मिडियाका साथीहरुले म सँग आएर मेरो बारेमा केही सोधिदिए हुन्थ्यो भन्ने मलाई लागेको थियो, तर आउनुभएन्, म उहाँहरुलाई पनि दोष दिन चाहन्न, म सँधै आफ्नो बारेमा मिडियालाई बताउन चाहन्छु ।” 
उनले संयुक्त अरब इमिरेट्समा अध्ययन तथा व्यवसाय गर्दै आएको आफूमाथि राज्यले गरेको विश्वासमा खरो उत्रिने प्रतिबद्धता व्यक्त गर्दै भनिन्, “मैले संयुक्त अरब इमिरेट्सको दुबईमा बसेर अध्ययनका साथै कस्मेटिक्स व्यावसाय गरिरहेकी थिएँ, दुबईको ओलङगुन विश्वविद्यालयमा म बिजनेश स्टडिजमा अध्ययनरत छु । सँगै त्रिभुवन विश्वविद्यालयबाट पनि मैले अंग्रेजीमा स्नातकोत्तर गरेकी हुँ । अहिले म बेद र बाइबलमा केन्द्रित रही नेपाल संस्कृत विश्वविद्यालयबाट महिला सुरक्षा विषयमा विद्यावारिधी गरिरहेकी छु ।”   उनले आफ्नो व्यवसाय कस्मेटिक्सवाहेक अरु केही पनि नभएको जिकिर गरेकी छिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC