site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाको कार्यशैलीले कांग्रेसमा किचलो, पौडेल पक्षको प्रश्नः सभापतिलाई गल्तीको ‘रियलाईज’ कहिले हुन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । “नेपाली कांग्रेस सहिदको बलिदानी र कार्यकर्ताको त्याग र तपस्यामा उभिएको पार्टी हो । पार्टीले गर्ने निर्णयमा आम कार्यकर्ताले चासो राख्नु स्वभाविक मात्रै होईन, उहाँहरुको अधिकार पनि हो । सरकारले भर्खरै गरेको राजदूत नियुक्ति प्रक्रियाले सबैलाई आश्चर्य चकित बनाएको छ । 
आशा लामा भन्ने व्यक्तिका बारेमा पनि धेरै प्रश्न उब्जाएको छ ।  वैदेशीक रोजगार व्यवसायीय संघको निर्वाचनमा एमालेको कोटाबाट चुनाव जितेकी यि व्यक्ति कहिले कांग्रेस भईन् ? दोस्रोः जनमोर्चाबाट २०७० सालको संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा चुनाव लडेको व्यक्तिलाई राजदूत जस्तो सम्मानित पदमा  नियुक्ति गरेर पठाउँदा यसले कस्तो सन्देश जान्छ ?,” नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केहीदिन अघि फेसबुक स्टाटस लेख्दै आफ्नो भावना यसरी पोखे ।
कोइराला मात्रै होइन, कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीले आम कांग्रेस कार्यकर्तालाई निराश बनाएको भन्दै पार्टीभित्रै उनको व्यापक आलोचना भएको छ ।
पार्टी एकलौटी ढंगले सञ्चालन गर्न खोजेको, आर्थिक लाभ हुनेगरी नियुक्ति प्रक्रियामा सरकार र मन्त्रीहरुलाई दबाब दिएको लगायतका विषयमा सभापति देउवाप्रति उनकै पार्टीका नेताहरुले असन्तुष्टि जनाएका हुन् ।
देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शुक्रबार र शनिबार बिहान नेता रामचन्द्र पौडेल पक्षधरका प्रभावशाली नेताहरुको बैठक बस्यो ।
प्रहरी महानिरीक्षक नियुक्तिका लागि सभापतिले दिएको दबाब, राजदूत नियुक्ति प्रक्रिया लगायतका विषयमा तीव्र असन्तुष्टि जनाउँदै तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् ।
आफू पक्षका नेताहरुको हस्ताक्षर नेता रामचन्द्र पौडेलले सभापति देउवालाई शनिबार नै बुझाएको स्रोतले जानकारी दियो । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले उक्त पत्र देउवाकहाँ पुर्याएका थिए ।
“सभापतिले पार्टीलाई एकलौटी ढंगले सञ्चालन गर्छु, मैले जे गरे पनि हुन्छ भन्ने देखियो,” बैठकमा सहभागी कांग्रेसका एक नेताले बाह्रखरीसँगको कुराकानीमा भने,“संविधान संशोधन प्रस्ताव, मुलुकको राजनीतिक अवस्था, सरकारले गर्ने नियुक्तिका सम्बन्धमा पार्टीभित्र छलफल हुनै छाड्यो ।”
उनका अनुसार प्रहरी महानिरीक्षक नियुक्तिका लागि सभापति देउवाले लिएको अडान, त्यसपछिको परिस्थिति, राजदूत नियुक्ति सिफारिस लगायतका विषयले पार्टीलाई लज्जित बनाएको छ ।
पार्टी सञ्चालन, सरकार सञ्चालन र संविधान संशोधन प्रस्तावबारे पार्टीको आधिकारिक धारणा तय गर्न पनि बैठक आवश्यक भएको भन्दै सभापति देउवालाई केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै हस्ताक्षर बुझाएको नेताहरुले बताएका छन् ।
पार्टीको सदस्य समेत नरहेका व्यक्तिलाई राजदुत नियुक्तिका लागि सिफारिस गरेपछि पौडेल पक्ष सभापति देउवाप्रति झनै आक्रोशित भएको हो ।
पौडेल पक्षले पार्टीका तर्फबाट राजदुतमा सिफारिस गरिएका आशा लामा, रमेश कोइराला र भीम उदास पार्टीको सदस्य समेत नरहेकाले सो सम्बन्धमा पुनर्विचार गर्न पनि केन्द्रीय कार्य समितिको बैठक तत्काल बोलाउनुपर्ने अवस्था आएको दाबी गरेको छ । 

“आशा लामा, रमेश कोइराला र भीम उदास कहिलेदेखि कांग्रेस भए ?,” बैठकमा सहभागी एक नेताले प्रश्न गर्दै भने, “पार्टीमा सक्रिय नभएको व्यक्तिलाई नै राजदूत बनाउने हो भने उनीहरुलाई के आधारमा सिफारिस गरेको ? आर्थिक लोभमा होइन त ?”

Prabhu Bank
Agni Group
NIC Asia

पौडेल पक्षले राजदूत सिफारिस प्रक्रियालाई पुनर्विचार गर्न देउवालाई लिखित रुपमा नै दबाब दिने तयारी गरेका छन् ।

“सभापति कुनै पनि विषयमा छलफल गर्नै तयार नै हुनुुहुन्न,” कांग्रेसका अर्का नेताले भने,“अहिले संविधान संशोधनमा पार्टीको धारणा के भन्ने बारेमा समेत अहिलेसम्म छलफल भएको छैन । पार्टीमा छलफलविना नै प्रस्ताव दर्ता गराइएको छ ।”

Global Ime bank

नेता पौडेल पक्षका एक नेता भन्छन्,“हामी अहिले सभापतिले जति गल्ती गरे पनि बढी आलोचना गर्ने पक्षमा छैनौं । हिजो उहाँले गरेको व्यवहार पनि आफैंले हेर्दा हुन्छ । उहाँ कहाँसम्म पुग्नुहुँदोरहेछ । र, उहाँ कहाँसम्म पुगेपछि आफूले गल्ती गरेको रियलाइज गर्नुहुँदोरहेछ, हेर्दैछौं ।”

कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले भने सरकारले नियुक्तिका लागि गरेको सिफारिसका बारेमा पार्टीभित्र कुनै पनि छलफल नभएको, संविधान संशोधन लगायतका विषयमा छलफल गर्न पनि पार्टीको बैठक बोलाउन आग्रह गरेको बताए ।

“पार्टीभित्र कुनै पनि छलफल भएको छैन,” उनले भने,“यसबारेमा पनि हामी चिन्चित छौं । पुनर्विचार गर्नुपर्छ भन्ने कुरा पनि आएको छ ।”
नेता बलबहादुर केसीले सभापतिको शैलीले पार्टी कमजोर भएको हुँदा पुनर्विचार गर्नुपर्ने बताए ।
“पार्टी सञ्चालनमा जुन शैलीले पार्टी सभापति चलिरहनुभएको छ, यसले 
देशभरका कार्यकर्ता चिन्तित भएको अवस्था छ,” उनले भने,“कांग्रेसको साख बचाउनु र अहिलेको राजनीतिक निकासका लागि कांग्रेसले गर्नुपर्ने काम गर्न सकेन भन्ने सबैतिरबाट आएको कुरा हामीले सभापतिसँगै बसेर छलफल गरौं भनेका छौं ।” फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC