site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेकै समर्थनमा संविधान संशोधन प्रस्ताव पारित हुन्छः बलदेव
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रस्ताव एमालेकै समर्थनमा संसदबाट पारित गराउने गृहकार्य भइरहेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खनालले भने, “संशोधन प्रस्ताव ढिलोमा एक महिनाभित्रै पारित हुन्छ, कुन प्रक्रियाबाट मतदान राउने भन्नेबारेमा हामीले छलफल गरिरहेका छौं, गोप्य रुपमा मतदान गर्दाखेरि दुई तिहाई पुग्ने आधार सरकारसँग छ, तर एमालेकै समर्थनमा पारित हुन्छ, त्यसो भयो भने कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर नै प्रस्ताव पारित गराएर चुनावमा सहमतिका साथ जान्छौं,” उनले संशोधन प्रस्ताव भारी मतले पारित हुने समेत दाबी गरे ।

खनालले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संशोधन प्रस्ताव पारित गराउनेबारे सहमति बन्दै गएको समेत बताए ।
देश चुनावतिर अघि बढेकोले चुनाव गर्नबाट कसैलेपनि रोक्न नसक्ने बताउँदै खनालले भने, “कुनैपनि बहानामा चुनाव स्थगित गर्नुहुँदैन्, ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव गर्नुपर्छ, अनिमात्रै संविधान कार्यान्वयन हुन्छ,” त्यस्तै उनले ५ नम्बर प्रदेशका जनतालाई चित्त बुझाउनको लागि उक्त प्रदेशलाई अहिले नै सुगम प्रदेश बनाउनेगरि केही सुविधा अहिले नै दिनेगरि तयारी भैरहेको समेत स्पष्ट पारे ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता एनपी साउदले मधेसी मोर्चाले भाग नलिए पनि चुनाव भएरै छाड्ने स्पष्ट पारे । उनले भने, “चुनाव गर्नुपर्छ, कुनैपनि बहानामा चुनावलाई रोक्नुहुँदैन, मधेसी मोर्चाले विरोध गर्दैमा चुनाव नहुने भन्ने कुरा हुँदैन् ।”

साउदले आफ्नो पार्टीले चुनाव गराउन र संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।

Global Ime bank

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. बंशिधर मिश्रले संविधान संशोधन प्रस्तावलाई टुँगोमा पुर्याउन एमालेले कुनै अवरोध नगर्ने स्पष्ट पारे । उनले आफ्नो पार्टी लचिलो बनिसकेकोले अब मधेसी मोर्चापनि लचिलो बन्नुपर्नेमा जोड दिए ।

उनले भने, “समस्याको समाधानको मिलनविन्दु खोज्नको लागि वार्ता तथा सम्वादलाई निरन्तरता दिनुपर्छ ।”

मधेसी मोर्चाका नेता मनिष सुमनले मोर्चाले ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । उनले भने, “हामी २४ देखि ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन कुनैपनि क्षण तोड्न सक्छौं, सरकारसँगको सम्बन्ध विच्छेद गर्छौं ।”

यथास्थितिमा संविधान संशोधन प्रस्ताव पारित भएपनि मोर्चा चुनावमा सहभागी नहुने उनको दाबी थियो ।
उनले संविधान संशोधन र निर्वाचनलाई सँगसँगै लैजानु भनेको चिचि र पापाको लोभ देखाउनु सरह भएको टिप्पणी गरे ।

 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७३  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC