site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
म अलप हुन चाहन्छु
Sarbottam CementSarbottam Cement

"विष्टज्यूलाई सम्झीसम्झी रुन्छ चौधबीस

विष्टज्यूलाई सम्झीसम्झी सल्ला सुसाउँछ

विष्टज्यूको वियोगमा रुन्छ हाम्रो मन..."

Prabhu Bank
Agni Group
NIC Asia

 

यो कर्णालीको भाका नेपालका प्रथम 'मानवशास्त्री' प्राध्यापक डोरबहादुर विष्टलाई सम्झिएर गाइएको हो । विरह र वेदनाको यो गीतले जुम्लाको चौधबीसका वासिन्दाले विष्टलाई गुमाउनुपर्दाको पीडा समेटेको छ ।

Global Ime bank

सन्दर्भ थियो– दोस्रो विश्व मानवशास्त्र दिवसको अवसरमा फेब्रुअरी १६ का दिन मानवशास्त्री विष्टबारे निर्मित वृत्तचित्र 'म अलप हुन चाहन्छु (Into Thin Air)' प्रदर्शनको । मानवशास्त्र केन्द्रीय विभागको आयोजना तथा नेपाल मानवशास्त्र समाज र सांस्कृतिक संस्थानको सहआयोजनामा देखाइएको उक्त वृत्तचित्र निर्देशकद्वय, सचिन घिमिरे र गौरव केसीको निर्देशनमा बनेको हो ।

हुन त मानवशास्त्रको अध्ययन, अध्यापन नेपाल भित्रिएको सन् १९८१ देखि नै हो तर यसका लागि त्रिभुवन विश्वविद्द्यालयमा छुट्टै विभाग खोलेर पढाउन थालिएको भने १८ महिनामात्रै भएको जानकारी विभागीय प्रमुख लयप्रसाद उप्रेतीले दिए ।

तर, विष्टले भने उक्त विषयको चस्का वि.सं. २०१३ देखि नै लिइसकेका थिए, जुनबेला बेलायतबाट सोलुखुम्बुका शेर्पाबारे अनुसन्धान गर्न आएका बेलायती मानवशास्त्री क्रिस्टोफर भोन फ्युर हेमिन्ड्रफसँग उनी 'इन्टरप्रेटर'को रुपमा जोडिन पुगे । हेमिन्ड्रफले उनलाई केवल आफ्नो असिस्टेन्ट र इन्टरप्रेटरको रुपमा मात्र राख्न चाहे । लन्डन विश्वविद्द्यालयबाट मानवशास्त्रमा एमए गर्ने आफ्नो चाहनालाई बीचैमा थाँती राखेर उनी फेरि हेमिन्ड्रेफसँग काम गर्न नेपाल फर्किए । एउटा विदेशीले आफ्नै देशको बारेमा आफैँले गरेको काममा आफ्नो नाम राख्न नदिएपछि विष्टले २०२३ मा एक्लै सूचना संकलन गरेर पहिलो किताब 'पिपल अफ नेपाल' प्रकाशित गरे ।

वृत्तचित्रमा विष्टसँग काम गरेका थुप्रै विदेशी, नेपाली र परिवारका सदस्यसँग गरिएको कुराकानीले उनीबारे यति धेरै जानकारी बटुलेको छ कि त्यो हेरेपछि नेपालीहरुले आफ्नै देशको 'अनमोल हीरा'लाई समय रहँदै नचिनेको या सम्मान दिन नसकेको हो कि जस्तो लाग्छ ।

'पिपल अफ नेपाल' प्रकाशित भएपछि बल्ल विदेशीहरुले नेपालबारे लेखेका धेरै किताबमा विष्टको सन्दर्भ दिएर लेख्न थालेका हुन् ।

वृत्तचित्रमा विष्टका सहयात्री/सहकर्मीहरुले भने अनुसार उनी अति धेरै लेख्थे । जहाँ गए पनि त्यहाँका सबै कुरा समेटेर लेखिहाल्थे । उनी २०२८ मा तिब्बतको ल्हासाका लागि महावाणिज्यदूत बनाइए । त्यसबेला पनि उनले आफ्नो लेखाइ छाडेनन् । त्यहाँको बसाइमा उनले नेपाल-तिब्बतबीचको व्यापारिक, राजनीतिक र सामाजिक सम्बन्धबारे 'सोताला' उपन्यास लेखेको वृत्तचित्रमा उल्लेख गरिएको छ ।

२०४७ सालमा उनले लेखेको पुस्तक 'फ्याटालिज्म एन्ड डेभलपमेन्ट'ले उनलाई नाममात्रै दिएन, विवादमा पनि ल्यायो । यो किताबको 'शाही खानदानको वंश मगर थिए' र 'ब्राह्मणहरुको मष्तिस्कले नेपाली समाजमा भाग्यवादको विष रोप्यो, त्यसैकारण देशले विकास देख्न पाएको छैन' भन्ने तर्कले उनलाई केही समूहको बीचमा अगुवा बनायो भने केही समूहको बीचमा अप्रिय पनि बनायो । यी तर्कबारे पनि पक्ष र विपक्षका विचारहरु वृत्तचित्रले समेटेको छ । त्यस वैचारिक बहसमा आफ्नो विचार व्यक्त गर्नेहरूमा स्वदेशी तथा विदेशी दुवै छन् ।

वृत्तचित्रले विष्ट परिवारका सदस्य, छोरा केशर विष्ट, हिक्मत विष्ट, छोरी आशा विष्ट, नाति र नातिनीसमेतका विचार, उनीहरुले परिवारका अग्रजको बारेमा अत्तोपत्तो नपाउँदाको पीडासमेत समेटेको छ ।

सन् १९९५ पछि विष्ट कता गए/हराए वा उनलाई के भयो बन्ने बारेमा कसैलाई जानकारी छैन ।

विक्रम सम्वत २०४८ मा जुम्लालाई कर्मथलो बनाएका विष्टबारे त्यहाँका वासिन्दाहरु भन्छन्, "विष्ट बुवा भएको भए हाम्रो भविष्य बन्ने थियो !" (मुक्तकला बोहोरा, वृत्तचित्रमा) । यति भन्दा उनीहरूका आँखा भरिन्छन् ।

विष्टले शायद नेपालमा हालसम्मको पहिलो र अन्तिम नै होला, 'टाएम क्याप्सुल' बनाएर एक सय वर्षपछि मात्रै खोल्नू भन्ने निर्देशनका साथ जमिनमुनि गाड्न लगाएका रहेछन् । यो कार्य २०५१ भदौ ५ गते गरिएको रहेछ । त्यो 'टाएम क्याप्सुल' निकाल्न खाल्डो खनेको, गाडिएका सबै कुरा निकालेको भिडियोमा देखाइएको छ ।

विष्टमा गुणैगुण थियो भन्ने कुरा पनि होइन रहेछ भन्ने कुरा पनि वृत्तचित्रमा राखिएको छ । त्यहाँ कुराकानीको सन्दर्भमा उनका सहयात्री पूर्णप्रकाश नेपाल 'यात्री' भन्छन्, "उनको कमजोरी भनेको 'कामलोलुपता' हो । त्यो उनमा थियो ।"

त्यसबाहेक विष्टले आफ्नो क्षेत्रमा गर्न नसकेका कुरा र कमी-कमजोरीको बारेमा अरु सहकर्मीहरुले बताएका छन् ।

केही अगाडि धरानमा सम्पन्न 'इन्टरनेसनल फिल्म फेस्टिभल अफ नेपाल- २०१७' मा बेस्ट डकुमेन्ट्री अवार्ड जितेको यो वृत्तचित्र नेपालका अगुवा मानवशास्त्रीको जीवन समग्रमा समेट्न सफल भएको मात्रै होइन, यसको निर्माण गरेर ती अगुवालाई सम्मान व्यक्त गरिएको छ भन्दा पनि परक नपर्ला ।

यसका लागि सम्बन्धित सबै पक्ष धन्यवादका पात्र छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७३  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC