site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिलाको स्तन क्यान्सरविरुद्धको पिङकाथन दौड सम्पन्न, हाफ म्याराथनतर्फ कान्छीमायालाई उपाधि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । खेलकुदको माध्यमबाट महिलाको स्तन क्यान्सरविरुद्ध जनचेतना वृद्धि गर्ने उद्देश्यले राजधानीमा पिङकाथन दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल एथलेटिक्स संघ र लेजर पोर्टको सहकार्यमा शुक्रबार रगशालामा पिङकाथन दौड भएको हो ।

महिलामात्र सहभागी दशरथ रंगशालामा आयोजना भएको पिङकाथनमा विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । जसमा करिव २५ सय महिलाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ  ।

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

अन्तर्राष्ट्रिय एथ्लेटिक्स संघको नियमअनुसार भएको दौडअन्तर्गत २१ किलोमिटरको हाफ म्याराथन एपीएफ क्लबकी कान्छीमाया कोजुले जितिन् । कान्छीले निर्धारित दुरी १ घन्टा १८ मिनेट  १० सेकेन्डमा पुरा गरिन् । यो कान्छीमायाको राष्ट्रिय कीर्तिमान हो । कान्छीले यसअघि सन २००६ को बर्लिन म्याराथनमा निर्मला भारतीलले बनाएको किर्तिमान भङग गरेकी हुन् । हाफ म्याराथनतर्फको उपाधिसँगै कान्छीमायाले ५० हजार पुरस्कार प्राप्त गरिन् । 

\"\"

Global Ime bank

हाफ म्याराथनतर्फ आर्मी क्लबकी रेशु बस्नेतले दोस्रो स्थान हात पारिन् । बस्नेतले निर्धारित दुरी १ घन्टा २२ मिनेट ४३ सेकेन्डमा पूरा गरिन् । उनले २० हजार पुरस्कार प्राप्त गरिन् । २१ किमीको दौडमा पहिलो र दोस्रो भएकी कान्छी र रेशुले भारतमा हुने पिङकाथन इन्डिया सहभागिता जनाउन पाउनेछन् । उक्त दौडमा जाने खेलाडीको सम्पूर्ण खर्च आयोजकले बेहोर्ने छन् । 

\"\"

तेस्रो भएकी आर्मीकै पुष्पा भण्डारीले १ घन्टा २४ मिनेट ३० सेकेन्डको दुरी निकालिन् । उनले १० हजार प्राप्त गरिन् ।

त्यस्तै १० किलोमिटर दौडको उपाधि सरिता बासीले जितिन् । बासीले निर्धारित दुरी ३९ मिनेट ३७ सेकेन्डमा पुरा गरिन् । दोस्रो भएकी लक्ष्मी पान्डेले ४० मिनेट १२ सेकेन्डको दुरी निकालिन् ।  त्यस्तै फुलमती रानाले ४० मिनेट १५ सेकेन्डको दुरी निकाल्दै तेस्रो स्थान हासिल गरिन् । १० किलोमिटरतर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गरे ।

\"\"

यस्तै दौडमा तीन किलोमिटर, पाँच किलोमिटरको च्यारिटी वाकाथन समेत भएको थियो । नेपालमा पहिलोपटक भएको पिङकाथन दौड पिंकाथन इन्डियाको फ्रेन्चाइजकोरुपमा नेपालमा भएको हो । र, दौडको मुख्य उद्देश्य खेलकुदको माध्यमबाट महिलाको स्तन क्यान्सर रोगबारे आम महिला तथा जनतालाई जनचेतना फैलाउनु रहेको पिङकाथनको नेपाल च्याप्टर प्रमुख नमराज जोशीले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७३  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC