site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ग्यास्ट्राइटिस के हो ? यसले के हुन्छ ?
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पेटमा हुने रोग धेरै रोगको मिश्रण हो । पेट दुखाइले दिसामा रगत आउने हुन्छ । पेटका तीनवटा भागहरू हुन्छन्– नाइटोभन्दा माथि माथिल्लो पेट, नाइटोकै वरिपरिको भाग र नाइटोभन्दा तलतिरको भाग । माथिल्लो पेटमा ग्यास्ट्रिक ग्यास्ट्राइटिस, रिफ्लक्स डिजिज, प्याङ्क्रियाटाइटिस, लिभर, हेपाटाइटिसको समस्या हुन सक्छ । सानो आन्द्राको समस्या भयो भने बीचको पेट र ठूलो आन्द्रामा समस्या हुँदा तल्लो पेट दुख्छ ।
बिरामीहरू पेट दुखाइ लिएर आउँछन् तर उनीहरूले पहिलेदेखि औषधि सेवन गरेका हुन्छन् । मल्टिपल इन्डोस्कोपी गरिसकेको, औषधि सेवनबाट केही हदसम्म ठीक गरेको तर औषधि सेवनपछि फेरि समस्या देखापर्ने गरेका बिरामीहरू बढी हुन्छन् ।
विभिन्न अस्पतालमा उपचार गरेर आउने हुँदा डायग्नोसिस गर्न गाह्रो हुन्छ । हाम्रो पेटको भागमा खाने नली, पेट, सानो आन्द्रा हुन्छ । धेरैजसो पेटको दुखाइ ग्यास्ट्रिकले हुन्छ भन्छौँ तर त्यसलाई ग्यास्ट्राइटिस भनिन्छ । हेलिकोब्याक्टर प्राइलोरी किटाणुको संक्रमणले ग्यास्ट्राइटिस हुन्छ । त्यसको लागि इन्डोस्कोपी गरेर पेटमा हेरी घाउ छ कि छैन, सानो आन्द्रामा पनि छ कि छैन वा हेलिकोब्याक्टरी किटाणुको संक्रमण भएको छ कि छैन हेरेर उपचार गरिन्छ । 
धेरै समयदेखि पेट दुखिरहने बिरामीहरू ग्यास्ट्राइटिसको समस्याले मात्रै पीडित होइनन् । हाम्रो लिभर (कलेजो) पेटको माथिको भागमा हुन्छ र पित्तको थैली तल हुन्छ । यसरी पित्तको थैलीबाट आएको नलीहरू सानो आन्द्रामा गएर बगेको हुन्छ । यसको काम खाना खाइसकेपछि पित्तको थैलीबाट पित्त गएर पाचन प्रणाली जाने हो । त्यहीँ जाँदा पित्त थैलीमा पत्थरी हुँदा पेट दुख्ने हुन्छ । इन्फेक्सन भयो भने कोल्यानजाइटिस भएर पित्त आउने ठाउँ ब्लक भइदिन्छ । त्यसले र कमन बायो डक्ट (सीबीडी) त्यसमा भएको सानो ढुङ्गा, बालुवाहरू जहाँ पनि अड्किन्छ, त्यस्तो हुँदा पनि पेट दुख्छ । 
प्याङ्क्रियाज पेटको पछाडिको भागमा हुन्छ । कसैले वास्ता पनि गर्दैनन् तर त्यो नली पेटमा नै हुन्छ । पित्तले चिल्लोमात्रै पचाउँछ भने प्याङ्क्रियाजले धेरै काम गर्छ– इन्सुलेन बनाउने, हाम्रो शरीरमा सुगरलाई ब्यालेन्स गर्ने र पाचन प्रक्रियामा धेरैजसो कार्बोहाइड्रेड, प्रोटिन सबै पचाउने । 
प्याङ्क्रियाटाइटिस भनेको प्याङ्क्रियाज सुन्निनु हो । त्यसले पनि लामो समयसम्म पेट दुख्ने समस्या हुन्छ । नर्भिक अस्पतालमा एक सय जना पेट दुखाइ कम नै नहुनेहरूको उपचार गर्दा २० प्रतिशत क्रोनिक प्याङ्क्रियाटाइटिस भएको रहेछ । लामो समयदेखि प्याङ्क्रियाटाइटिस हुनु क्रोनिक प्याङ्क्रियाटाइटिस हो । त्यसको लागि ट्रिटमेन्ट फरक हुन्छ । अहिले ग्यास्ट्रिकको लागि हैन, क्रोनिक प्याङ्क्रियाटाइटिसको ट्रिटमेन्ट गर्नुपर्छ भन्ने थाहा भएको छ । नेपालकै पहिलो इन्डोस्कोपिक अल्ट्रासाउन्ड छ, त्यसले उपचारमा सजिलो भएको छ । यसले धेरैभन्दा धेरै बिरामीहरूलाई अहिले रोग पत्ता लगाउन फाइदा भएको छ । पहिले अल्ट्रासाउन्ड, सीटी स्क्यान, एमआरआई गर्नुपर्ने थियो । अहिले (इयुस) इन्डोसकोपी हो तर त्यसको टुप्पोमा अल्ट्रासाउन्ड मेसिन फिट गरिएको हुन्छ । त्यसले बिरामीको उपचारमा मद्दत गर्दछ । 
अल्ट्रासाउन्ड बाहिरबाट गरिन्छ भने इन्डोस्कोपी पेटभित्र सानो आन्द्रामा गएर गरिन्छ । त्यसो गर्दा प्याङ्क्रियाज पूरै छर्लङ्ग देखिन्छ फुलेको, सुकेको छ कि छैन भनेर । पित्तको थैलीभित्र भएको ढुंगा पित्तको थैलीमा बगेर आएको नलीमा अड्केको हुन्छ, त्यसलाई ईआरसीपी गरेर निकाल्छाँै । त्यसको लागि पनि अप्रेसन गर्नुपर्दैन ।
ग्यास्ट्राइटिस हुनेले दूध खाने कि नखाने भन्नेमा दुइटा धारणा छन् । कसै–कसैलाई दूध खाँदा पेट फुलेर आउँछ भने कसैलाई दूध नभई हुँदैन । प्राणीहरूमध्ये मानिसमात्रै हो बुढेसकालसम्म दूध खाने । म दूध बार्ने सल्लाह दिन्छु । दूध पचाउने ल्याक्टेज इन्जाइम उमेरअनुसार हामीमा घट्दै जान्छ, अनि पचाउन गाह्रो हुन्छ । 
ग्यास्ट्रिक हुने हेलिकोब्याक्टो पाइलोरी र पेनकिलरले ठूलो मात्रामा पेटको ग्यासट्राइटिस हुने हुन्छ । यसले पेट दुखाउनेमात्र नभएर घाउ, अल्सरसमेत हुन्छ । अर्को एसप्रिन भन्ने औषधि छ जुन रगत पातलो बनाउन प्रयोग गरिन्छ । विशेषगरी मुटुरोगीहरूले प्रयोग गर्छन् । यसले रगत पातलो बनाउँछ तर पेटमा गएर यसले अल्सरसमेत गर्छ । सानो आन्द्रामा घाउ बनाउन सक्छ । 
ग्यासट्राइटिसबाट बच्न रक्सी, चुरोट नखाने, एक्सरसाइज गर्ने, मोटोपन भए चिल्लो पदार्थ कम गर्ने, उमेरअनुसार ४० वर्षमाथिका व्यक्तिले १ देखि २ वर्षमा चेक गर्ने । पेट दुखेको छ भनेर औषधि पसलबाट औषधि किन्ने भन्दा पनि एकचोटि विशेषज्ञसँग सल्लाह लिँदा राम्रो हुन्छ । 
(नर्भिक अस्पतालमा कार्यरत डा. कुँवरसँग बाह्रखरीका लागि यसिमा महतले गरेको कुराकानीमा आधारित) 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७३  ०१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC