site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान संशोधन छलफल : एमाले मौन, नेमकिपाको विरोध
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधयेकमाथि छलफल सुरु भएको छ । 

बिहीबार बसेको संसद बैठकमा एमालेसहितका प्रतिपक्ष दलले एक दिनका लागि संशोधन प्रस्तावमा छलफल गर्न दिनेबताएपछि छलफल प्रारम्भ भएको थियो । प्रतिपक्षका तर्फबाट एमाले उपनेता सुवास नेम्वाङले आफूहरुले छलफलमा भाग नलिने तर छलफल गर्न दिने जानकारी गराएका थिए ।

सरकारको तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधयेकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपी प्रतिपक्षीमध्येको  नेपाल मजदुर किसान पार्टीको बिरोधकाबीच संसोधनमाथि मधेसी मोर्चासहितका सांसदले भाग लिएका छन् ।
छलफलमा निर्वाचन मिति घोषणा भएपछि आन्दोलनमा गएको मोर्चाका सांसद समेत सहभागी भएका थिए । 

सांसद फर्मुल्हा मन्सुरले संशोधन प्रस्ताव कुनै एक क्षेत्रको लागि नभई नेपालका भएको बताए । मधेसी, थारू र जनजातीको माग सम्बोधनका लागि संशोधन आएको उनले जिकिर गरे ।

Global Ime bank

थारूहट पार्टीका सांसद गोपाल दहितले अहिलेको संविधानले उत्पीडित जनताको माग सम्बोधन नगरेका कारण परिमार्जनसहित संविधान संशोधन हुनुपर्ने धारणा राखे । उनले भने, “अहिले सरकारले ल्याएको दोस्रो संशोधन प्रस्तावले समेत थारुको माग र पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्ने मधेसी–थारुको माग नसमेटेकाले परिमार्जनसहित पारित गर्नुपर्छ ।”

त्यसैगरी तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद सुरेन्द्रकुमार चौधरीले संविधान गतिशील दस्तावेज भएको बताए । उनले संविधानलाई कार्यान्वयन गर्नका लागि कम्तिमा २० ओटा धारा संशोधन गर्नुपर्ने जिकिर गरे ।  “जबसम्म नेपालका सबै जनताले हाम्रो संविधान भन्न सक्दैनन्, संविधानको अर्थ छैन,”उलने भने । 

जवाफमा कानुनमन्त्री नायक सरकारले ल्याएको दोस्रो संशोधन संविधानको सर्वस्वीकार्यताका लागि भएको बताए । “छलफलमा सांसदको स्पष्ट धारणा आएको छ,” उनले भने, “प्रतिपक्षले पनि यसलाई छलफलमा ल्याउन दिएको छ । त्यसका लागि उहाँहरूलाई धन्यवाद दिन चाहन्छौ ।”

संविधान संशोधनले सबै नेपालीको माग सम्बोधन गर्ने भएकाले त्यसमा सबैलाई सहयोग गर्न उनले आग्रह गरे । सरकारले मंसिर १४ गते स‌ंसदमा दर्ता गरेको संशोधन प्रस्तावमा लामो अवरोधपछि बिहीबारमात्रै विपक्षीले छलफल गर्न दिएको हो।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७३  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC