site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रिय चोर महासंघ गठन गरौँ ! 

यस देशमा हामी र हामीजस्ता व्यक्तिले धेरै मेहनत गरेका कारण चोरी पेसालाई संस्थागत गर्नसक्ने अवस्था आएको हामी सबैले महसुस गरेका छौँ । तर, अझै पनि खाने बेलामा पछि पर्ने, लोकलाजले यताउति गर्न धक मान्ने केही व्यक्ति बाँकी छन् ।

त्यस्ता ‘पाखण्डी’ का कारणमात्र हामी यस पेसामा संलग्न सबैले खुलारूपमा आफ्नो पेसा गर्न नपाएको र संविधानले नै संगठन बनाउन दिएको अधिकारलाई उपभोग गर्न नपाएको अवस्था छ । यसबाट हामीलाई चिन्ता हुनु स्वाभाविकै हो । अब संसारमा पनि नैतिकता, इमानदारी र सच्चरित्रता देखाउने दाँतमात्र भएको सत्य ट्रम्प काकाको ट्विटमा पनि बेलाबेलामा पढ्न पाइएकै छ । त्यसैले भोलि विश्वका अन्य देशले चोरीको पेसालाई वैधानिकता दिनुअघि नै नेपालले यस कार्यमा अग्रता लेओस् भन्ने मेरो आग्रह हो । 

आखिरमा हामीले गाँजाको त्यत्रा बोट जलायौँ, अहिले पश्चिमा विश्वले बिस्तारै गाँजालाई वैधानिकता दिँदैआएका छन् । ऊ बेला तिनै पश्चिमाको लहैलहैमा हामीले गाँजाको खेती नष्ट नगरेको भए खाडी मुलुक तेलमा धनी भएजस्तै हामी गाँजाले धनी हुन्थ्यौँ । कोलम्बियाका लागु पदार्थवाला कस्ता धनी छन् ? हाम्रा गाँजावालाको भने बेहाल छ । त्यही बैंककमा पनि अझै ठूलो तस्कर भनेर हाम्रो सम्मान छैन । अझै पनि बेलामा बुद्धि नपुर्याए हामी पछि पर्ने डरको कारणले पनि यथासक्य चाँडो चोर महासंघ गठन होस् भन्ने माग राखिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय चोर महासंघले साधारण चोरीलाई निमिट्यान्न पारी जनतालाई सहुलियत दिनेछ । अब उप्रान्त कसैले खल्ती काटेर वा घरको ढोका फोडेर चोर्न पाउनेछैन । किनभने महासंघ स्थापनापछि हामीले गर्ने काम खुला र पारदर्शी हुनुपर्नेछ । अरूले थाहा नपाउने गरी अर्काको सम्पत्ति चोर्दै आएको हुनाले चोरीको धन देखाउन लाज भएको कारणले पनि अब यस प्रथामा परिवर्तन ल्याउन अत्यन्त जरुरी भएको हो ।  
चोर महासंघको गठन र भ्रष्टाचारलाई पारदर्शी बनाउनेबित्तिकै देशभर दलाली पेसाको अन्त्य भई काम गर्ने र गराउनेबीचमा मात्र विनिमय हुनेहुँदा तिर्नेलाई कम पर्ने र पाउनेले धेरै पाउने अवस्था आउँछ ।

उदाहरणका रूपमा एउटा सुरक्षा प्रमुखको नियुक्तिकै प्रसंग उप्काऊँ । एउटा अमुक व्यक्ति प्रमुख भयो भने पहेंलो धातु वा नाम नखुलेको कालो पदार्थ ओसारपसारमा रोकावट नआउने सम्भावना हुन्छ । कुनै पैसावाल अमुक व्यक्तिलाई पदमा पु¥याउन चाहन्छ । तर, पारदर्शीताको अभावका कारण उसले त्यो कुरा सिधै नियुक्त गर्ने व्यक्ति वा सो व्यक्तिको पनि ‘आका’ लाई भन्न सत्तैmन । हुन्छ के भने नियुक्त हुने व्यक्तिले १५ करोड पाए आफू नियुक्त भइदिन्छु र उसको काम सबै गरिदिन्छ भनेर वचन दिन्छ । त्यो कबुल गर्ने कर्मचारी आफँै पनि मन्त्रीकोमा पुग्दैन, कुनै दलाल प्रयोग गर्छ ।

Global Ime bank

दलाललाई उसले ‘१० करोड दिन्छु मलाई त्यो पदमा पु¥याईदेऊ’ भन्छ । अब दलाल एकदम इमानदार छ भने पनि कम्तीमा दुई त आफैँ राख्छ र मास्तिरका व्यक्तिलाई ८ आउने कुरा गर्छ नत्र त उसले दिने ५ मात्र हो । यसरी कुरो अघि बढ्दा नियुक्त गर्ने मन्त्री वा उसको पनि ‘आका’ वा भनौं स्वयंभु वा बुढानीलकण्ठले तिर्नेको आधा पनि पाउँदैनन् । तर तिर्नेले त जनतालाई १५ को १५० हुने गरी ठग्छ वा तस्करी गर्छ । अब भन्नुस्, भएन अन्याय ? ती सज्जन सुन व्यापारी मित्रले उनै ‘आका’कोमा गएर सिधै ‘फलानोलाई नियुक्ति दिनुस् १० लिनुस्’ भन्न पाएको भए उस्को ५ त सिधै बच्थ्यो । यता ती आकालाई पनि दलालमार्फत आउनेभन्दा करिब दोब्बर बढी आम्दानी हुन्थ्यो । अनि बल्ल पो कुरा मिल्थ्यो त । नत्र त सिधै ‘काम गर्ने कालु मकै खाने भालु’ भनेजस्तो भएन ?

कसैले भन्ला, चोरको संगठन नै बनेको छैन कसरी महासंघ बनाउने ? हो यहीँ हो हामीले छलाङ मार्नुपर्ने । अब संघ त जत्ति पनि छन्, अगाडि नआएका न हुन् । अख्तियारसँग मिलाएर खानेको समूह छैन ? राजस्वसँग सेटिङ मिलाउनेको ग्याङ छैन ? अनि भन्सारमा मिलाएर खानेको अर्को ग्रुप छैन ? तेल ल्याउँदा चोर्ने, पानीमा चोर्ने, दूधमा बदमासी गर्न पाऊँ भन्नेको आआफ्नो संगठन छैन ? नक्कली औषधि दिने पसले, गर्नै नपर्ने जाँच गराएर पैसा कमाउने डाक्टर, मिटर बिगारेर ठग्ने पम्प, बिजुलीको मिटर घुमाएर हसुर्ने कर्मचारी, मालपोतमा बसेर मालदार बन्ने कर्मचारी कति हुन् कति उदाहरण !  

अनि यिनको त आपसी चिनजान मेलमिलाप र सेटिङ मिलेकै छ । खाली नामाकरण गर्नेसम्मको कुरा न भयो । अब नामाकरण गर्दा पनि एकदम सिधा सिधा गर्नुपर्छ ।

अब यस देशमा चोरीलाई सर्वमान्य पेसा बनाउनुपर्छ । जुन पेसामा सबैभन्दा धेरै व्यक्ति आश्रित छन्, ठूला नेता आफ्नो भविष्य बनाउन जहाँ बसेका छन्, धर्मगुरु चेलासहित जहाँ छिरेका छन् त्यही पेसामा लुकेर काम गर्नुपर्ने ? यो अति भयो !  अब सबथोक पारदर्शी गरिनुपर्छ । त्यसैले यस पेसामा लागेका व्यक्तिलाई पेसाकै नामबाट बोलाइनुपर्छ । साधारण पत्रकार हो भने पत्रकार, यो महासंघको सदस्य हो भने ‘लेखन चोर विशेषज्ञ’ ।

साधारण वकिल हो भने वकिल, हाम्रो सदस्य हो भने ‘कुशल बोली चोर’ । तर, चोरीमा पनि बौद्धिक चोरी गर्नेलाई बढी मान्यता दिइनेछ र अब उप्रान्त पनि बौद्धिक चोरलाई मात्र विश्वविद्यालयको कुलपति बनाइनेछ । यस्ता कुलपतिलाई ‘प्राज्ञिक चोर’ भनेर पनि विशेष सम्मानपूर्वक नाम लिइनेछ ।

अन्य पदहरूमा नियुक्त हुनेलाई पनि सोही अनुसारको पद र विभूषणले सम्मान गर्ने जसले गर्दा तिनको क्षमता र नैतिकतामा कसैलाई अन्योल नहोस् । जस्तो –पैसा दिएर राजदूत नियुक्त हुनेलाई विशेष सम्मान स्वरूप ‘डिम्लोम्याटिक चोर’, निर्वाचन आयोगमा पैसा तिरेर आयुक्त हुनेलाई ‘चुनावी चोर’, पैसा तिरेर राजस्वमा पद खान जानेलाई ‘राजस्व चोर’ जस्ता पदवी दिइनेछ । 

देशै चोर्न पल्केका केही विशेष व्यक्तिलाई भने राष्ट्रका सबैभन्दा शक्तिशाली नेता र पार्टी अध्यक्ष बनाइनेछ । अब उप्रान्त जसरी जंगलमा सिंहले सिकार खाएपछि मात्र अरूले भाग बिलो पाउँछन् त्यस्तै यिनले छाडेपछि मात्र अरूको भाग लाग्नेछ ।

पत्नी, दाजु, भाइ, साला, भेना, छोरा, साथीआदि नाता लगाएर गरिने दलालीको अन्त्य हुनेछ । अब उप्रान्त भविष्यमा गरिने चोरीका लागि सबैभन्दा सक्षम चोरले सबैभन्दा ठूलो नेतालाई सिधै भेटेर भविष्यमा उसले चोर्न सक्ने रकमको ठूलो भाग पहिल्यै बुझाउनु पर्नेछ । 

अब पानी, दूध, तेल र अन्य खानेकुराको प्याकेटमा नै राष्ट्रिय चोर महासंघलाई बुझाएको ट्याक्स भनेर पहिल्यै उल्लेख हुनेछ । हरेक काममा चोर महासंघले चोरीको भाग कति भनेर तोकिदिनेछ र त्यसै अनुसार सबै मूल्य निर्धारण हुनेछ । त्यसैले यो महासंघ गठन नहुन्जेल यस देशमा राम राज्य नआउने पक्का भएकाले सबैको यसमा सहयोग चाहिएको छ ।
विनित,
एक सच्चा चोर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७३  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC