site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अबको बाटो कता?

धेरै साता र महिना बिते सरकारले अर्को साता चुनावको मिति तोकिन्छ भनेको । कैयौँ सातासम्म त औँला पनि भाचेँ तर मेरो हात र खुट्टाका औँला साता गन्न पर्याप्त भएनन् । तैपनि मैले आश मारिन । ‘सास रहुन्जेल आश’  भन्छन् । म पनि त्यही अवस्थामा रहन बाध्य थिएँ । गर्न पनि के सक्थेँ र ? हरेक क्षण म सोच्ने गर्थेँ चुनावपछि मेरो देशले विकासका खुड्किला बिस्तारै चढ्नेछ । मेरो एउटा स्वार्थ पनि थियो सायद मेरो मामा पनि अमेरिकाबाट चुनावका लागि फर्केर आउनुहुन्थ्यो ।

धेरैले मेरो यस्तो सोचको हाँसो त कसैले मजाक पनि बनाए । म आफैँ पनि स्मरण गर्थेँ के म राष्ट्रियताको बोक्रोमात्र त भइराखेको छैन । अर्को पाटोले मेरा सोचलाई अघि बढाउन हौसला प्रदान गर्थे - चाहेका खण्डमा सगरमाथा चढ्न नि गाह्रो हुँदो रहेनछ बाबु भन्ने दुई वर्षअघि सगरमाथा आरोहण गरेकी मेरी छिमेकी शेर्पिनि दिदीका शब्दले । उहाँ मेरा लागि प्रेरणाको पात्र साथ साथै मार्गदर्शक पनि हुनुभएजस्तो लाग्छ । जाडोको मौसम दिनभर सुन्तलाको बोक्राको थुप्रो र हामी दिदी भाइको गफ । (म उहाँलाई छिमेकीभन्दा बढी दिदी नै भन्न रुचाउँछु । सम्बोधन गर्न नि सहज हुने र सम्बन्ध पनि सुमधुर हुने )।

Prabhu Bank
Agni Group
NIC Asia

विद्यार्थी हुनाले सबेरै कलेज जान्थेँ । कलेज बिदा हुनेबित्तिकै कतै न अलमल नगरी घर आउथेँ । हरेक दिन म झिनो आशा राखेर विचार गर्थेँ ।  ईसीजी मेसिनमा देखिने धड्कनको उतारचढाउ र मेरो सोचमा केही फरक पनि नहुने थियो होला। 

फेरि सुरु गर्छु भनेर हात र खुट्टाका ‘बीस’ ओटा औँला सातैपिच्छे भाँच्न थालेँ । यसपटक पनि पुगेनन् ।  तैपनि मैले हरेस खाइन । ‘रूख ठूलो हुन पनि सालो दानाबाट टुसा निस्किनु पर्छ’ भनेर मेरा ती झिना आशामा सास हालिनै रहेँ । मेरा सरले भन्ने गर्नुहुन्थ्यो - पछिल्लो स्थानीय चुनाव हुँदा सात कक्षामा पढ्थेँ । अहिले सरकारी जागिरे भएको पनि सात वर्ष हुन लागेछ । सरकार परिवर्तन हुने खेल एउटा प्रथा जस्तो जरा गाडेर बसेको थियो । प्रथा भएपछि रुढी हुनेरहेछ । साथै त्यसविरुद्ध आवाज उठाउने मानिस चाहिँ मेरो हातको औँलाले गन्न भ्याउने जतिमात्र भेटिन्थे।
दिन बित्यो महिना बित्यो ऋतु बिते मैले औँला भाँचिरहेको थिए ।  एक्कासि निर्वाचन २०७३ वैशाख ३१ गते हुने मिति तोकियो मैले औँला भाँच्न छोडे र हत्त न पत्त मोबाइलमा पात्रो हेरेँ ।  वैशाखमा ३१ गते त छ ? ३१ गते देखे र खुसी भए त्यसै बखत घरको घन्टी बज्यो । शेर्पिनी दिदीले मिठाइ लिएर आउनुभएको रहेछ। आज एक सोचले रूप पाएको थियो । कुलोको पानीले बाटो फेरेजस्तै यो मिति पनि सर्दैन भनेर ढुक्क हुन त सकिँदैन । तैपनि, हाम्रो मुहारमा हर्ष मिश्रित जिज्ञासा देखिन्थ्यो - ‘अबको बाटो कता ?’ ।    

Global Ime bank

( काठमाडौँ स्कुल अफ ल)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७३  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC