site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
\'हाम्रो पात्रो\' अब आइप्याड, एप्पल वाचमा पनि
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्मार्ट पीढि जसले हरेक समय प्रविधिमा भएका नयाँ अपडेटहरूलार्इ विभिन्न प्रविधिका श्रोतहरूमार्फत् प्राप्त गरीरहेका हुन्छन् । निरन्तर केही नयाँ, केही फरक अनुभूति प्रदान गर्न प्रयासमा 'हाम्रो पात्रो' को iOS - Version 4.2.14 मार्फत लिइआएको छ  झन सरल, झन अकर्षक अनि नयाँ विशेषताहरू । यस पटकको यो अपडेटले iPhone का 'हाम्रो पात्रो' प्रयोगकर्ताहरूले फरक अनुभव प्राप्त गर्नेछन् ।
हाम्रो पात्रोका संस्थापक तथा निर्माता शंकर उप्रेति भन्छन्, "यो अपडेट मुख्यतः हाम्रा प्रयोगकर्ताहरूलार्इ एप्लिकेशन प्रयोगका क्रममा एउटा फरक अनुभूति दिन सकियोस् भन्ने कुरामा हामी केन्द्रित रह्यौं, जस अनुरूप यसलार्इ हामीले अझै Fast, Fluid र आकर्षक डिजाइन दिन सफल भएका छौं । हाम्रा लाखौं आदरणीय प्रयोगकर्ताहरूले प्रत्यक्ष, अप्रत्यक्ष निरन्तर दिनुभएको सुझाव र प्रतिक्रियाहरूका आधारमा लामो अध्ययन र अनुसन्धानपछि यसपटकको अपडेट सम्भव भएको हो । यसलार्इ Scroll गर्दा 60 Frame/Sec को गतिमा Screen तलमाथि सर्छ, जसलार्इ प्रयोगकर्ताले स्तरीय अनुभव लिनसक्नुहुनेछ ।"
पछिल्लो अपडेटसँगै हाम्रो पात्रोले Apple Watch  मा नेपालकै पहिलो एप्लिकेशनको रूपमा 'हाम्रो पात्रो' सार्वजनिक गरेको छ ।

यसबाहेक यस पटकको हाम्रो पात्रोको अपडेटले iPAD लार्इ विशेष प्राथमिकतामा राखेको छ । iPAD प्रयोगकर्ताहरूलार्इ हाम्रो पात्रो प्रयोगको राम्रो अनुभवकालागि एप्लिकेशनको मूल विशेषता सहित ताजा समाचारलार्इ एउटै स्क्रिनमा व्यवस्थापन गरेको छ, जुन डिजाइनवाइज आकर्षक देखिन्छ । ताजा समाचार झन आकर्षक तथा व्यवस्थित पारिएको छ, ठूला अक्षरमा समाचार पढ्नुको मज्जा, फोटो ग्यालेरीमा देखिने स्तरीय तस्बिर तथा अत्यन्त राम्रो अडियो क्वालिटि सहितका अनलार्इन रेडियोहरू लगायत Android मा भएको ति तमाम सुविधाहरूलार्इ यसले समेटेको छ ।
iPhone मा ताजा समाचार देखाइने तरिका फरक छ, जसमा विभिन्न शिर्षकको समाचार क्रमहरू ठूलो-सानो तस्बिर सहित बेग्ला बेग्लै तरिकाले राखिएको छ । Similar news थप व्यवस्थित पारिएको छ जसलार्इ दायाँ बायाँ सारेर हेर्न मिल्ने व्यवस्था गरेको छ ।

Agni Group

\"\"

अब Viber ChatBot क्षणभरमैं
सन् 2016 को अन्त्यतिर Viber संग आधिकारीक सहयात्रा थालेको हाम्रो पात्रोले Viber को पब्लिक अकाउण्टको प्रयोग गरी केवल १५-२० मिनेटमा ChatBot बनाउन सकिने CMS (Content Management System) समेत सार्वजनिक गरेको छ । Viber मा जोकोहीले पब्लिक अकाउण्ट बनाएर त्यसको एकोहोरो कुराकानीको सुविधालार्इ Interactive बनाउन सकिने, अथवा कुनै ब्राण्ड अथवा उत्पादनका ग्राहकहरू, प्रयोगकर्ताहरू, श्रोता, पाठक, दर्शकहरूसम्म मानवरहित AI (Artificial Inteligence) स्वचालित प्रविधिको प्रयोग गर्न सकिनेछ ।

यसकालागि Viber मा भएको पब्लिक अकाउण्टको Edit Info मा गएर त्यहाँ दिइएको Your App Key लार्इ https://hamrochatbot.appspot.com/admin/#/register यो लिंक खोलेपश्चात् आउने पेजमा Paste गरी आफ्नो आवश्यक्ता अनुसारको ChatBot तयार गर्न सकिने कुरा उप्रेतिले बताए ।


Viber मा ChatBot बनाउने बारे जानकारी यहाँ छः https://support.viber.com/customer/portal/articles/2618216-creating-a-public-account

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७३  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC