site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
आईजीपी विवादलाई बेवास्ता, निर्वाचनमा ध्यान एकत्रित
Sarbottam CementSarbottam Cement

सरकारले फागुन १ गते डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको आईजीमा नियुक्त गरेलगत्तै सर्वोच्च अदालतले सो नियुक्ती लागु नगर्न आदेश दिएपछि देखिएको अन्योल अझै सकिएको छैन । प्राविधिक एआईजी डा. दिनेशचन्द्र पोखरेललाई कार्यवाहक आईजीपी बनाइएको छ । यता डीआईजीमाा पहिलो नंबरमा रहेका आइजीका प्रत्याशी नवराज सिलवालले सर्वोच्च अदालतमा दिएको रिटमा पनि बहस सुरु भएको छ । तर, अधिकांश नेपाली दैनिकले आईजीपी विवादमा भएको बहसलाई छाडेर निर्वाचन कार्य तालिकामा बढी ध्यान दिएका छन् ।

आजको अन्नपूर्ण पोस्टले मात्र आईजीपी विवादमा भएको बहसको समाचारलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ । चन्दलाई आईजीपी बनाउने निर्णय रोक्न भएको अन्तरिम आदेश तथा प्रत्याशी सिलवालले दिएको रिटमा हिजोदेखि न्यायाधीश हरिकृष्ण कार्की तथा तेजबहादुर केसीको संयुक्त इजलासमा बहस सुरु भएको छ । बहसमा अन्तरिम आदेशका लागि रिट दिने निवेदक कपिलदेव ढकालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, बालकृष्ण न्यौपाने, तुलसी भट्ट, अधिवक्ता हरि फुयाँल, डा. भिमार्जुन आचार्य, ओमप्रकाश अर्याल र निवेदक ढकालले बहस गरेको पनि समाचारमा जनाइएको छ ।

आईजीपीको विवादभन्दा नयाँ पत्रिका तथा राजधानीले सरकारले गरेको सरुवालाई समाचार बनाएका छन् । उक्त दुई दैनिकका अनुसार सरकारले १४ सीडीओ, २० डिआईजी तथा सशस्त्र प्रहरीका १३ डीआईजीको सरुवा गरेको छ । नयाँ पत्रिकाले नेपाल प्रहरीलाई जनपद प्रहरी भनेर शीर्षक राखेको छ जुन नेपाल प्रहरीका धेरै अधिकृतलाई मन पर्दैन । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ती सुरक्षा संगठनका औपचारिक नाम हुन् । राजधानीले यो समाचारलाई एन्कर बनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन कार्य तालिका

प्रकाशित दैनिकमध्ये नयाँ पत्रिकाले निर्वाचनको कार्यक्रम सबैभन्दा प्रष्ट बुझिने बक्स बनाएको छ । कान्तिपुरले ग्राफिक्स बनाएर कुन कुन दिन कुन निर्वाचनतर्फ कुन सिँढी चढिन्छ भन्ने चित्र बनाएको छ भने अन्य पत्रिकामध्ये हिमालय टाइम्स, राजधानी तथा गोरखापत्रले बक्स बनाएका छन् । नयाँ पत्रिकाको बक्स आकर्षक छ र त्यसमा कार्यक्रमको मिति र समय पनि उल्लेख भएको छ । हिमालय टाइम्सको सूची बोल्ड अक्षरमा भएकाले बुझ्न सजिलो छ ।

Global Ime bank

अरुण तेस्रो बन्ने पक्का

कान्तिपुर, अन्नपूर्ण पोस्ट तथा नागरिक दैनिकले पूर्वको ९ सय मेगावाट क्षमताको ठूलो जलविद्युत् आयोजना बन्ने पक्का भएको समाचार प्रकाशित गरेका छन् । भारत सरकारले अरुण तेस्रोका प्रबद्र्धक भारतीय कम्पनी सतलजलाई ९१ अर्ब बराबरको बजेट उपलब्ध गराउने निर्णय गरेको हुनाले अब यो आयोजना आउने पक्का भएको ती पत्रिकाले जनाएका छन् । यो आयोजनाले उत्पादन गरेको बिजुली भारत निर्यात गर्नेछ । भारतको नयाँ नियमअनुसार पनि विदेशमा भारतीय कंपनीले उत्पादन गरेको बिजुलीमात्र खरिद गर्ने व्यवस्था गरिएको छ । अझ विद्युत् व्यापार गर्ने कंपनीमा पनि भारतीय लगानी ५० प्रतिशतभन्दा बढी हुनुपर्ने सो नियममा उल्लेख गरिएको छ । अरुण तेस्रो आयोजना ११२ अर्ब बराबर खर्च लाग्ने ठूलो आयोजना हो र यसको लागि २१० किलोमिटर लामो र ४० अर्ब खर्च लाग्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिनुपर्छ ।

सर्वोच्च अदालतले दियो चेतावनी

सर्वोच्च अदालतले संविधानमा निर्धारित समयभित्रै तीनैवटा चुनाव हुनुपर्नेमा ध्यानाकर्षण गराएको छ । कान्तिपुर, नागरिक, नयाँ पत्रिका तथा हिमालय टाइम्सले यो समाचारको महत्व बुझेर प्रथम पृष्ठमा प्रकाशित गरेका छन् । अहिलेसम्म संविधानमा २०७४ साल माघ ७ गतेसम्म स्थानीय, प्रदेश र संसद्को निर्वाचन गराउन नसके सबै राजनीतिक दल मिलेर संविधान नै परिवर्तन गर्छन् भन्ने अनुमान थियो । तर, सर्वोच्चको यस निर्णयले गर्दा भोलि यही विषयमा संविधान संशोधन गर्न खोजेमा त्यसलाई सर्वोच्चले अवैधानिक घोषणा गरिदिने र देश संवैधानिक रिक्तताको अवस्थामा जाने अवस्था अहिल्यै प्रष्ट भएको छ ।

सम्पादकीय

स्वास्थ्य मन्त्रालयले तयार गरेको तथा मन्त्रिपरिषद्ले पारित गरेको ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति, २०७३’ को विषयमा सम्पादकीय लेख्दै नागरिकले यो नीतिको हलुका समर्थन गरेको छ । नागरिकले मदिरा सेवन कतिपय जातजातिमा संस्कृतिको रूपमा चल्दै आएको र कतिपय अवस्थामा ‘सोसल’ देखिन पनि सेवन गरिने गरेको प्रसंग उल्लेख गर्दै सीमित उपभोग थोरै मान्छेले मात्र गर्न सक्ने र अधिक उपभोगले कसैलाई पनि फाइदा नगर्ने भन्दै यो नीतिमा कसैको विमति नहुने विश्वास लिएको छ ।

राजधानीले मदिरा नियन्त्रणमा सरकारले ल्याएको नीतिलाई तारिफयोग्य भनेर समर्थन जनाएको छ । तर, राजधानीले सरकारले ल्याएको नीतिमा केही प्रश्न तेर्साएको छ । २१ वर्ष पुगेको हरेक व्यक्तिले हरेक दिन १ लिटर मदिरा किन्न पाएको खण्डमा कसरी यसको नियन्त्रण हुनसक्छ भन्ने सो दैनिकको प्रश्न रहेको छ भने मदिरा पसलको संख्यामा पनि नियन्त्रण गरिनुपर्ने राजधानीको माग रहेको छ ।

बिहीबारको कान्तिपुरले पेट्रोलियम पदार्थको आपूर्तिमा ध्यान दिन आयल निगमलाई आह्वान गरेको छ । हिमालय टाइम्सले संशोधन विधेयक अघि बढाउने पक्षमा सम्पादकीय लेखेको छ । अन्नपूर्ण पोस्टले राष्ट्रिय प्रजातन्त्र पार्टीको राजसंस्था फर्काउने र हिन्दु राष्ट्र बनाउने घोषणा संसद्बाट गरिने कुरामा शंका देखाएको छ । नेपालको वर्तमान निर्वाचन प्रणालीबाट कुनै पनि दलको दुई तिहाई हुने संभावना सोच्न सकिन्न भन्दै उसले सोचेको काम गर्नु चुनौतीपूर्ण हुने आकलन गरेको छ ।

नयाँ पत्रिकाले अब कुनै पनि राजनीतिक दललाई मुठभेडतिर नलाग्न आह्वान गरेको छ भने गोरखापत्रले मेलम्ची सपना मूर्त बन्दै गएकोमा सन्तोष व्यक्त गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७३  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC