site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जनताले पाल पनि नपाउने बेला बनाएको पहरी बस्तीबारे नियोजित रूपमा भ्रम छर्न खोजियो : धुर्मुस
Sarbottam CementSarbottam Cement

काठमाडौँ । धुर्मुस–सुन्तली फाउन्डेसनले काभ्रेको प्रहरी बस्तीबारे युट्युब च्यानलमा आएको भिडियो भ्रम छर्ने सुनियोजित कोसिस भएकाले अन्योलमा नपर्न सबैमा अनुरोध गरेका छन् । अघिल्लो वर्षको साउन २७ गते हस्तान्तरण गरेको पहरी बस्तीको संरचना कमजोर भएको भन्दै युट्युब च्यानलमा भिडियो हालिएपछि सिताराम कट्टेल धुर्मुसले यसको खण्डन गरेका हुन् । 

बाह्रखरीसँग कुराकानी गर्दै उनले भने, “पहरी बस्तीबारे नियोजित रूपमा भ्रम फैलाइयो । यस किसिमको हर्कतबाट कोही पनि विचलित नहुन म अनुरोध गर्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले विपत्तिको बेलामा न्यून लागतमा संरचना तयार गरिएको बताउँदै प्रष्टिकरण दिए, “त्यतिबेला पालसमेत पाउन सक्ने अवस्था थिएन । पीडितहरू बारीको पाटामा, खुला आकाशमा रोग र शोकसँग जुद्धै थिए । हामीले घर बेच्ने प्रतीज्ञा गरेर बस्ती बनाएका हौँ, उनीहरूलाई ओत प्रदान गरेका हौँ ।”
“भूकम्पपीडितहरू खुला आकाशमा शरण लिइरहेको बेला हामीले रगत–पसिना गरेर बस्ती उभ्याएका हौँ । यसबारे भ्रम छर्ने कोसिस नगरियोस्,” उनले दुखेसो पोखे ।

बस्तीका एकाध मानिसहरू दिनरात मदिरामा लिप्त भएकाले उनीहरूले बस्तीको महत्व नबुझेको भन्दै उनले चिन्ता प्रकट गरे । “पहरी बस्ती पीडितहरूलाई बुझाएपछि हामी गिरान्चौर एकीकृत बस्ती बनाउन लाग्यौँ । अहिले दिनहीन मुसहरहरूलाई घर बनाउन चर्को धूपमा ढुंगा काँधमा राखेर हिँडिरहेका छौँ । यस्तो अवस्थामा हामीले उनीहरूलाई चेतना जगाएर बसिरहन सकेनौँ,” उनले प्रष्ट्याए ।

Global Ime bank

बस्ती पाएपछि पीडित आफैँले त्यसको संरक्षण गर्नुपर्ने दायित्व हुँदाहुँदै पनि कतिपय तत्वहरू अफवाह फैलाउन लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले आफू केही दिनमै पहरीबस्ती गएर समस्या बुझ्ने जानकारी दिए ।

फाउन्डेसनले ६७ लाख लागतमा भूकम्प गएको दोस्रो महिनाबाटै पहरी गाउँमा एकीकृत नमुना बस्ती बनाउन थालेको थियो । बस्ती बनाउन रकम नउठेपछि सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले घर बेचेरै बस्ती बनाउने घोषणा गरेका थिए । तर देशविदेशमा सहयोग जुटेपछि उनीहरूले घरै बेच्न भने परेन । तथापि बस्ती बनाउँदा ६–७ लाख रुपैयाँ अपुग भएको धुर्मुसको दाबी छ । सिमेन्टको बलियो प्लाइबोर्ड राखिएकाले लात्ति वा मुड्किमै भत्कने कुनै हालतमा नसक्ने उनले ठोकुवा गरे ।

‘धुर्मस–सुन्तलीले बनाइदिएका घर मुड्कि हान्दै भत्कने’ शीर्षकमा केही दिनअघि युट्युब च्यानलमा भिडियो अपलोड भएको थियो । त्यो अहिले च्यानलबाट हटाइसकिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७३  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC