site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

फलेवास (पर्वत) । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लाबाट ९८ हजार मतदाताले सहभागिता जनाउने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार हालसम्म ९८ हजारले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका हुन् । गत असोज मसान्तसम्ममा जिल्लामा ९७ हजार ३९३ जनाले मतदाता नामावलीमा नाम लेखाएका छन् भने ६ सय जनाभन्दा बढीले अन्य जिल्लामा नाम लेखाएकाले ९८ हजारभन्दा बढीले मतदानमा सहभागिता जनाउन पाउने भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्लामा सङ्कलन भएका ९७ हजार ३९३ जना मतदातामध्ये ४६ हजार १८६ पुरुष र ५१ हजार २०७ महिला रहेका छन् । पुरुष बढी मात्रामा वैदेशिक रोजगारीका लागि मुलुक बाहिर भएकाले पनि महिलाहरुको सङ्ख्या बढी भएको हो ।

मतदाता नामावलीमा नाम लेखाएकामध्ये दुईहजार ९३० जनाले भने मतदानमा सहभागी हुन नपाउने भएका छन् । उनीहरु फागुन मसान्तसम्म १८ वर्षभन्दा कम उमेर समूहका हुने भएकाले उनीहरुले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउन नपाउने निर्वाचन अधिकारी शर्माले जानकारी दिए ।

Global Ime bank

सरकारले सोमबार आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मङ्गलवारदेखिनै मतदाता नामावली सङ्कलन कार्य रोकिएको छ । सोमबारसम्म जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय, हुवासबाट समेत मतदाता नामावली सङ्कलन हुँदै आएकोमा मङ्गलवारदेखि सबैठाउँमा रोकिएको हो । उनका अनुसार स्थानीय तहको निर्वाचनसम्म मतदाता नामावली सङ्कलनको कार्य हुँदैन ।

विदेशमा भएका वा अन्य कुनै कारणले छुटेकाहरुले स्थानीय निर्वाचनपछि मात्र पुनः मतदाता नामावलीमा नाम लेखाउन पाउने भएका छन् । निर्वाचन कार्यालयले २०७० सालको  सविधान सभा निर्वाचन अघिदेखिनै मतदाता नामावली सङ्कलन गर्दै आएको थियो ।

उक्त अभियानबाट हालसम्म ९९ हजार १३० जनाले नाम लेखाएको भएपनि दुई हजार ९३० जना १८ वर्षभन्दा कम उमेर समूहका रहेकाले मतदान गर्नका लागि अयोग्य रहेको कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्वतले सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै सबैजसो तयारी सुरु गर्न थालेको जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७३  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC