site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जब हरिवंशले नाटक छाडेर क्यामेरा खोसे ...
Sarbottam CementSarbottam Cement

काठमाडौं । “सुरु गर्न पाए सकिन्थ्यो,” मुसुक्क हाँसेर यसो भन्दै बसेको सिटबाट उठेर हरिवंश आचार्य भित्तामा टांगिएका तस्बिर हेर्न थाल्छन् ।

ठिक त्यही समय होटल संघ नेपाल (हान) का निर्देशक प्रवेश अर्याल मञ्चमा आएर सम्बोधन गर्न खोज्छन् ।

त्यहीबेला किरण केसीले भन्छन्, हरिदाई ?

Prabhu Bank
Agni Group
NIC Asia

‘ए’ भन्दै हरिबंश आचार्य सिटमै फर्किन्छन् ।

“कार्यक्रम सुरु भएपछि सकिन्थ्यो भन्ने अनि सुरु हुनै नदिने !” सँगै बसेका मदनकृष्ण श्रेष्ठ हरिवंशलाई हास्य डाइलग मार्छन् ।

Global Ime bank

प्रवेशले मदनकृष्णलाई ड्यासमा बोलाउँछन् । “अब मलाई नै त होला बोलाउने,” भन्दै बोलाउन नपाउँदै हरिवंश ड्यासमा जान्छन् र बस्छन् ।

यस्तै रमाइला संवाद, सहकार्य र प्रहसन गर्दै महजोडीको यात्रा सुरु भएको ३६ वर्ष पूरा भएको मदनकृष्ण सुनाउँछन् । होटल संघ नेपालले आयोजना गर्न लागेको ‘महयात्रा–२०७३’ बारे जानकारी दिन सोमबार आयोजित कार्यक्रममा मदनकृष्णले भने, “जातिय एकता नै राष्ट्रिय एकता हो ।” उनले जातीय विभेदविरुद्ध कार्यक्रम लिएर मूख्य शहर जान लागेको बताए ।

“आज भन्दा १५ वर्ष अगाडिको कुरा स्टेजमा नाटक देखाइरहेको थिएँ, दर्शकले फोटो खिचिरहेको देखेँ,” हरिवंश आचार्यले भने, “नाटक छोडेर गर क्यामेरा खिचिर ल्याएँ । यो पटक पनि यस्तो अवस्था नआओस् म आयोजकलाई आग्रह गर्छु ।”

करियरको सुरुआतका दिनमा ‘पब्लिसिटी’का लागि कसैले केही नभने पनि सफल भइसकेपछि आर्थिक हिसावले पनि अकार्को सिर्जना चोरी गर्नु हुँदैन भन्नेमा सबै सचेत हुँदै गएको उनको भनाइ छ ।

“अहिले जितु भाइले दिनदिनै आफ्नो सिर्जना चोरर युट्युबमा हालेर मलाई यो पेशाबाट अलग गर्न लागेको भनिरहेका छन्,” आर्थिक हिसावले पनि अब अरुको सिर्जना विना अनुमति सार्वजनिक नगर्न उनले आग्रह गरे ।

“गीत जति सुन्यो सुन्यो त्यति सुन्न र गाउन मन लाग्छ तर हास्य व्यङग्यमा फरक हुन्छ । एकपटक हेरिसकेपछि हासो उठ्दैन त्यही भएर हामी हाम्रो प्रहशन खिच्न र युट्युबमा नहाल्न आग्रह गर्छौं,” आचार्य भन्छन्, “यसमा कपी राइट एक्ट पनि अकार्षित हुन्छ ।”

उनले उद्योग व्यवसाय बलियो नभएसम्म देशका कलाकार र साहित्य तथा सिर्जना बलियो नहुने स्पष्ट पारे । “कसैन कसैको स्पोन्सरसिप नभइ कार्यक्रम गर्न सकिँदैन,” आचार्यले भने, “आन्तरिक तथा बाह्य पर्यटन पवद्र्धनसँग जोडिएर बाहिर जाने अवसर मिलाइदिनु भयो यसका लागि आमी आभारी छौं ।”

हानको आयोजनामा १५ वर्षपछि मह जोडी प्रशसन लिएर काठमाडौं उपत्यका बाहिर जान लागेको हो ।
फागुन १३ देखी २५ गतेसम्म नेपालका मुख्य हशरमा महजोडीसँगै राजाराम श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल, नरेन्द्र कंशकार, माण्डवी त्रिपाठी  लगायतका कलाकार देशका मुख्य मुख्य १० सहरमा प्रहसन दिने भएका छन् ।

मह यात्राको सुरुआत भने पर्यटकीय सहर पोखराबाट सुरु हुनेछ । १४ गते भैरहवा, १६ गते धनगढी, १७ गते महेन्द्रनगर, १८ गते नेपालगन्ज, १९ गते बुटवल, २० गते सौराहा, २२ गते विराटनगर, २३ गते बिर्तामोड र २४ गते धरानमा मह यात्रा मेला आयोजना हुने संघले जनाएको छ ।
५ सय र एक हजारका टिकटको व्यस्था गरिएको र उक्त टिकटबाट उठेको रकम सम्बन्धित क्षेत्रकै उद्यम, सिपमूलक तालिम, तथा पर्यटकीय क्षेत्रको पुनःनिर्माणमा खर्च गरिने हानका निर्देशक अर्यालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७३  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC