site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राष्ट्रिय एकतालाई मजबुत बनाउने अभियानमा धुर्मुस र सुन्तली
Sarbottam CementSarbottam Cement

पर्सा । राष्ट्रिय एकता मजबुत र सौहार्द बनाउने अभियानसहित धुुर्मुस र सुन्तली तराई प्रवेश गरेका छन्। 

भूकम्प प्रभावितका लागि एकीकृत बस्ती निर्माण गरी देश तथा विदेशबाट समेत प्रशंसा बटुलेका सुन्तली र धुर्मुस अब नेताहरुको अकर्मण्यताका कारण बिग्रिएको सामाजिक सद्भावलाई स्थापित गर्ने अभियान लागिपरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

धुर्मुस–सुन्तली फाउन्डेसनले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले विनाशकारी भूकम्पले पिरोलिएका हिमाली, पहाडी र तराईवासीले एकापसमा सहयोग गरी देखाएको सौहार्दता पछिल्लो समयमा नेताहरुको बोली र व्यवहारले कमजोर भएको बताए । 

उनले ‘राष्ट्र निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तराईमा व्याप्त अशिक्षा, बालविवाह, असमानताविरुद्धको चेतनामूलक कार्यक्रमसँगै तराईका जिल्लामा रहेका दलित बस्तीको पुनःनिर्माणको अभियानलाई अगाडि बढाएको जानकारी दिए । 

Global Ime bank

कट्टेलका अनुसार महोत्तरीको बर्दिबासमा बालमैत्री एकीकृत बस्ती निर्माण कार्यको थालनी गरिएको छ र अहिलेसम्म सो बस्तीको काम ५० प्रतिशत पूरा भएको छ । 

पत्रकार सम्मेलनमा साथै रहनुभएकी कुञ्जनाले बालविवाह, दाइजो प्रथाजस्ता विकृतिले पिरोलिएका तराईवासीमा चेतना अभिवृद्धि गर्न आफूहरुले तयार पारेका दुईवटा चलचित्र पर्सा जिल्लाको विभिन्न स्थानमा प्रदर्शन गर्ने योजना रहेको जानकारी दिए । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७३  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC