site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
दिल्ली र कोलकातादेखि काठमाडौंसम्म रेल !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार शिखर सम्मेलन, २०१७ लाई सम्बोधन गर्दै भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले भारतले रेलवे लाइनको द्रूत गतिमा विस्तार गर्दै गएको र चाँडै नै भारतको राजधानी र नेपालको राजधानीलाई रेलवे लाइनले जोड्ने बताएका छन् ।

नयाँ पत्रिकाले महत्वका साथ सात कोलममा मुख्य बनाएको समाचारअनुसार नयाँ दिल्लीबाट मात्र होइन कोलकाताबाट पनि काठमाडौंसम्म रेलवे लाइन ल्याउने आफ्नो देशको योजना रहेको प्रभुले सो सम्मेलनमा बताएका थिए ।

भारतले प्रस्तुत गरेको रेल बजेटमा नेपालसम्मको रेलवे लाइनलाई उच्च प्राथमिकतामा राख्दै सर्वेक्षणका लागि बजेट पनि विनियोजन गरेको सो समाचारमा जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, भारतको बजेटमा प्रस्ताव भए पनि नेपालसँग सहमति भने हुन बाँकी रहेको पनि सो समाचारमा जनाइएको छ । पूर्वाधार सम्मेलनको समाचारलाई अन्नपूर्ण पोस्टले पनि पहिलो पृष्ठको माथिल्लो स्थान दिएको छ भने गोरखापत्रले सो सम्मेलनको तस्बिर र त्यसको मुनि समाचार प्रकाशित गरेको छ । त्यस्तै कमाण्डर पोष्टले पनि यो समाचारलाई एन्कर स्पेस दिएको छ । अन्य पत्रिकाले भने यो समाचारलाई आर्थिक पृष्ठमा संकुचित गरेका छन् ।

आज स्थानीय निर्वाचनको मिति घोषणा हुने

Global Ime bank

मधेस केन्द्रित दलहरूसँग संविधान संशोधन र निर्वाचन सँगसँगै लैजाने विषयमा कुरा नमिले पनि प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारी गरेको छ । हिजो बालुवाटारमा सत्ता पक्षका दलहरूको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गरेर अघि बढ्न प्रधानमन्त्री दाहाललाई दबाब दिएको आजका दैनिक पत्रिकाले जनाएका छन् । 

नागरिक दैनिकले निर्वाचनको समाचारलाई महत्वका साथ ६ कोलममा डबल डेक हेडलाइनमा प्रकाशित गरेको छ । नागरिकका अनुसार सरकारले स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदनलाई संशोधन गर्दै सोमबार निर्वाचन मिति घोषणा गर्नेभएको छ ।

सोमबार एकै दिनमा मन्त्रिपरिषद्को बैठक दुईपल्ट राखेर निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्रीको तयारी रहेको पनि सो दैनिकले जनाएको छ । निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान संशोधन विधेयकलाई संसद्मा अघि बढ्न दिनेछ भन्ने सोचले सरकारले निर्वाचनको मिति घोषणा गर्न लागेको हो । नागरिकका अनुसार वैशाख ३० वा ३१ गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गराउने तयारी गरिएको छ । 

आजका हिमालय टाइम्स, राजधानी, गोरखापत्र तथा कान्तिपुरले पनि यो समाचारलाई मुख्य समाचार बनाएका छन् । कान्तिपुरले भने सत्तारुढ दलको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई निर्वाचनको मिति घोषणा गर्न नसके पदबाट हट्न दबाब दिएको समाचारलाई दोस्रो मुख्य समाचार बनाएको छ ।

सभापति देउवा आफ्नो दलको संसदीय कार्यालयमा मन्त्रीहरूसँग दुई घन्टा छलफल गरेपछि प्रधानमन्त्री दाहाललाई भेट्न गएका र वैशाखमा नै निर्वाचन गर्ने गरी मिति घोषणा गर्न दबाब दिएको सो पत्रिकाले लेखेको छ । मिति घोषणा गर्न नसके पदबाट हट्न पनि देउवाले दाहाललाई सल्लाह दिएको कान्तिपुरले प्रकाशित गरेको छ । प्रधानमन्त्री दाहाल भने जेठ १५ मा बजेट ल्याउन पाए जनताको मन जित्ने संभावना रहेको भन्दै निर्वाचन त्यसपछि सार्ने मनःस्थितिमा रहेको पनि कान्तिपुरले बताएको छ । 

आज निर्वाचन मिति घोषणा हुने संभावना रहेको समाचारलाई धेरै पत्रिकाले मुख्य समाचार बनाए पनि नयाँ पत्रिका तथा अन्नपूर्ण पोस्टले भने सो समाचारलाई बेवास्ता गरेका छन् ।

नयाँ पत्रिकाले मधेस केन्द्री दलले मंसीरमा एकैपटक संसद्को निर्वाचन गर्ने सल्लाह दिएको समाचारलाई एक कोलममा प्रकाशित गरेको छ । सरकारले छिट्टै निर्वाचन घोषणा गर्ने भन्ने विषयलाई सो दैनिकले पृष्ठ १३ मा पु¥याएको छ ।  त्यस्तै अन्नपूर्ण पोस्टको समाचारअनुसार मधेसी मोर्चाले निर्वाचनको मिति घोषणा गरेको खण्डमा आफूहरू आन्दोलनमा जाने धम्की दिएपछि प्रधानमन्त्री दाहाल हच्किएको समाचार प्रकाशित गरेको छ । 

कुवेतमा ५ नेपालीलाई मृत्युदण्डको आदेश

लागुऔषध कारोबार गरेको मुद्दामा कुवेतको अदालतले पाँच नेपालीलाई मृत्युदण्ड सुनाएको समाचारलाई कान्तिपुरले प्रथम पृष्ठको मध्य भागमा प्रकाशित गरेको छ । समाचारअनुसार कुवेतको जेलमा ६१ नेपाली रहेका र अधिकांशलाई लागुऔषध ओसारपसारको आरोप लागेको छ । 

पारस खड्का अस्पतालमा 

नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन पारस खड्का पेट दुखेर शुक्रवार बेलुकी अचानक अस्पताल पुगेपछि उनको तुरुन्तै एपेन्डिक्सको अपरेसन गरिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था ठीक रहेको पनि अस्पतालले जनाएको छ ।

खड्काको समाचारलाइै नागरिकले पहिलो पृष्ठको इयर प्यानलमा फोटोसहित राखेर खेलकूद पृष्ठमा बाँकी समाचार प्रकाशित गरेको छ । कान्तिपुर तथा नयाँ पत्रिकाले पनि खेलकूद पृष्ठमा यो समाचारलाई महत्वका साथ प्रकाशित गरेका छन् । गोरखापत्रले सानो स्थान दिएको छ भने अन्य पत्रिकाले यो समाचार प्रकाशित गरेका छैनन् ।

नेपालले यही फागुन २८ र ३० गते विश्व क्रिकेट लिग च्याम्पियनसिपको म्याच केन्यासँग खेल्ने र त्यसको लागि अभ्यास गर्न भारत जाने मौका भने क्याप्टेन पारस खड्काले गुमाएका छन् ।

सम्पादकीय

नयाँ पत्रिकाले नेपाल प्रहरीको महानिरीक्षकका सन्दर्भमा परेको रिटमा सर्वोच्च अदालतले सकभर चाँडो आदेश दिनुपर्ने तर्कसहित सम्पादकीय लेखेको छ ।

गत २ फागुनदेखि प्रहरी संगठन नेतृत्वविहीन छ, जसलाई निमित्त आईजीपी बनाइएको छ उनलाई सो पद पाउने अपेक्षा छैन, जसलाई दिनुपर्ने हो उनीहरू अदालतको फैसलाको प्रतीक्षामा छन् भन्दै नयाँ पत्रिकाले सत्ता सञ्चालनको अभ्यास र त्यसप्रतिका प्रतिक्रियाले प्रहरी संगठनको मनोबल घटाएको टिप्पणी गरेको छ । 

सोमवारको राजधानी दैनिकले मधेसी मोर्चालाई राजनीतिक हठ त्याग्न सुझाव दिंदै सम्पादकीय लेखेको छ । विगतमा समावेशी र मधेसी जनताको सुरक्षा निकायमा सामूहिक प्रवेशजस्ता विषयमा छलफल नगर्ने अडानमा दलहरू रहे पनि अन्ततः संविधान र नीतिमा राख्नुप¥यो भन्दै राजधानी लेख्छ अझै मधेसका कैयौं सबाल जीवित छन्, जसको सम्बोधन गरी दीर्घकालीन रूपमा मधेसी जनताका समस्याको सम्बोधन हुनैपर्छ ।

तर ‘मोर्चाले एकपछि अर्को गर्दै अगाडि सार्ने सर्त भने शंकाको घेरामा पर्न थालेका छन् । किस्ताबन्दी माग राख्ने र किस्ताबन्दी आन्दोलन गर्ने जुन पद्धति मधेस केन्द्री दलमा छ सो अन्त्य हुनुपर्छ,’ राजधानीले माग गरेको छ । 

आजको कान्तिपुरले पनि मधेसी मोर्चाले लिएको निर्वाचनविपरीतको अडानका बारेमा सम्पादकीय लेखेको छ । संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्तावको टुंगो लाग्नुपर्ने तर यसैलाई बहाना बनाएर स्थानीय तहको निर्वाचनलाई पछाडि धकेल्न नहुने कान्तिपुरको तर्क छ ।

हिमालय टाइम्सले पनि मिति तोकेर अघि बढ्नुपर्ने कुराको पृष्ठपोषण गरेको छ । त्यस्तै गोरखापत्रले पनि सदा झँै निर्वाचनका लागि सहमति र सहकार्य हुनुपर्नेमा जोड दिएको छ । नागरिक दैनिकले सरकारी कर्मचारीले स्वास्थ्य मन्त्री गगन थापालाई नटेरेको विषयमा असन्तुष्टि प्रकट गरेको छ । कमाण्डर पोष्टको सम्पादकीयअनुसार अस्थिरताले गर्दा देशको अर्थतन्त्र बिग्रिएको हो ।

अन्नपूर्ण पोस्टले विखण्डनकारी सीके राउतको पक्षमा नेपालका लागि पूर्व भारतीय राजदूत शिवशंकर मुखर्जीले बोलेको कुरामा विरोध जनाउँदै त्यसबेला उपस्थित रहेका गृहमन्त्री विमलेन्द्र निधिले केही बोल्न नसकेकोमा क्षोभ प्रकट गरेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७३  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC