site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
कोमल वलीको दाबीः राजनीतिमा पनि सफल हुन्छु
Sarbottam CementSarbottam Cement

लामो समय रेडियो नेपालमा पत्रकारिता गरेकी र लोकगीतमार्फत आफूलाई स्थापित गरेकी कोमल वलीले अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेद्वारी दिएकी छन् । देशको सेवाका लागि भन्दै सक्रिय राजनीतिमा होमिएकी वलीले राजनीतिमा आफ्नो ठूलो आंकाक्षा नरहे पनि असफल भने नहुने दाबी गरेकी छन् । उनै ओलीसँग सरकारी पेशा छोडेर राजनीतिमा लाग्नुको उद्देश्य, चुनावी सरगर्मीको नयाँ अनुभका साथै भावी योजनालगायतका विषयमा केन्द्रित रहेर राप्रपा केन्द्रीय सदस्यकी उमेदवार वलीसँग बाह्रखरीका लागि नरेश फुयाँलले गरेको कुराकानीः 

भोट माग्दा प्रतिनिधिको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
एकदम राम्रो । सबैले सहयोग गर्छु भन्नु भएको छ । 

पार्टीलाई ठूलो योगदान पुर्याइसकेकाहरुसँग प्रतिस्पर्धा गरिरहनुभएको छ, निर्वाचित हुने कत्तिको अपेक्षा गर्नुभएको छ ? 
म कोटामा लडिरहेको छैन । म निर्वाचित त हुन्छु नै । मात्रै टप टेनमा आउने प्रयास मात्रै हो मेरो । सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गरेकी छु । 

Prabhu Bank
Agni Group
NIC Asia

पत्रकारितामा स्थापित भइसक्नु भएको व्यक्ति तपाइँ राजनीतिमा लाग्नुपर्ने अवस्था किन आयो ? 
देशको सेवा गर्न नै हो । राजनीति मूल नीति हो । देशले गति लिन सकिरहेको छैन । देश भएर मात्रै हुँदैन राज्य चाहिन्छ । राज्य छैन अहिले नेपालमा । गरिबी, अशिक्षा, बेरोजगारी छ । यसको अन्त्यका लागि राजनीति नै गर्नुपर्छ भन्ने लाग्यो ।

राज्य भएको अनुभूति कसैले पनि दिलाउन सकेनन् । जनताले अनुभूति गर्न सकेको अवस्था छैन, उद्योगधन्दा पलायन भइसके । हामी परनिर्भर भैसक्यौं । यस्तो अवस्थाले जर्जर हुन्छ यसलाई रोक्न पनि मैले राजनीतिमा आउने निर्णय गरेकी हुँ ।

Global Ime bank

हामी क्रियाशील केही मान्छे पनि राजनीतिमा आउनुपर्छ भन्ने लाग्छ । म पनि देशलाई मायाँ गर्ने नागरिक हुँ । देशलाई सम्बृद्ध बनाऔं भन्ने सोचिरहन्थें । गीतसंगीतबाट मात्रै म आत्मसन्तुष्ट थिइन । त्यसैले राजनीतिमार्फत देशको सेवा गरौं भनेर सक्रिय राजनीतिमा आएकी हुँ । 

पत्रकारिता पनि त पेशा मात्रै नभएर सेवा पनि हो नि हैन र ? 
पत्रकारितामार्फत पनि मैले सेवा गरिरहेकै थिएँ । लामो समय मैले पत्रकारितामार्फत सकेको सेवा गरें । सरकारका कुरा जस्ताको तस्तै जनतासम्म पुर्याउने र जनताका कुरा जस्ताको तस्तै सरकारसम्म पुर्याउने काम गरें ।

सरकार र जनताको कुरा एक आपसमा पुर्याउने पुलको काम मात्रै गर्ने हो पत्रकारितामा । त्यहाँ आफ्नो भिजन, योजना दिन मिल्दैन पत्रकारले । व्यावसायिक पत्रकारको रुपमा यति लामो समय काम गर्दा वागमतीमा धेरै पानी बगिसक्यो तर देश झन पछि परिरहेको छ, समस्या झन बढीरहेको छ ।

त्यसैले आमुल परिवर्तन ल्याउन हाम्रो जस्तो गरिब राष्ट्रमा सबैभन्दा ठूलो प्रभाव राजनीतिको हुँदोरहेछ । हामी दिनका दिन विक्रिती विसंगतीका विरुद्धमा आवाज उठाइरेका हुन्छौं पत्रकारितामार्फत तर खोई सुनुवाई भएको ?

सरकारी सेवामै छँदै राजनीतिमा प्रवेश गर्नुभयो, यो त नेपालको कानुन विपरित भयो हैन र ? सार्वजनिक लाभको पदमा रहेको व्यक्ति सक्रिय राजनीतिमा लाग्न कानुनतः मिल्दैन हैन र ?
मैले रेडियो नेपालबाट राजीनामा दिइसेकेको छु । 

राजीनामा दिनुभएको छैन, समाचार मात्रै नपढ्ने भन्ने समाचारहरु आइरहेका छन् नि ?
हैन । तत्थ्यहीन समाचार हुन् । म यसको खण्डन पनि गर्न चाहन्छु । यति मात्र हो, मैले पेनसनको पट्टा लिन बाँकी छ । राजीनामा दिइसकेको छु । म अहिले जागिरे छैन । 

राजनीतिमा तपाइँको लक्ष्य कहाँसम्म पुग्ने हो ? सांसद्, मन्त्री, प्रधानमन्त्री ? 
पार्टी केन्द्रिय सदस्यका लागि उमेदवारी दिएको छु । केन्द्रीय सदस्य भएपछि पार्टीमा मेरो हैसियत के हुन्छ । भोली मलाई पार्टीले दिएको जिम्मेवारी निभाउनु मेरो पहिलो कर्तव्य हुनेछ । त्यो म गर्नेछु ।

पार्टीलाई एक ढिक्का बनाएर लैजाने नै मेरो पहिलो काम हो । राजनीतिक दलहरु एक ठाउँमा उभिएर देशका लागि काम गर्न प्रतिबद्ध हुनुपर्छ भन्ने मेरो लक्ष्य हो । अग्रज नेताहरुले दिएको निर्देशन मान्नु मेरो कर्तब्य हो । 

विस्तारै संसदीय निर्वाचन होला । त्यसमा म पक्कै पनि चुनाव लड्न जानेछु । पार्टी सरकार र सत्तामा आयो भने भोलीका दिनले के निर्देश गर्नेछन् म त्यसअनुसार हिड्नेछु । यही नै र यहाँसम्म पुग्छु भन्ने मेरो लक्ष्य अहिले छैन । 

पत्रकारिता र सक्रिय राजनीतिमा कुनमा सफलता हातपार्न सजिलो देखिरहनु भएको छ ? 
सफलता हात पार्न दुईटै उत्तिकै चुनौतीपूर्ण पेसा हुन् । र त्यतिकै जिम्मेवार छन् । तर जिम्मेवारी ननिभाएको देखिन्छ । राजनीतिमा मेरो यो छोटो अवधी हो । तीन महिना जति मात्रै भयो । 

निर्वाचनमा पार्टी ठूलो होला, सरकारमा जाला, तपाइँ पनि संसद्मा पुग्नुहोला । तपाइँको सपना कार्यकर्ता मात्रै भएर बस्ने त पक्कै होइन होला, सांसद्सँगै मन्त्री बन्ने आकांक्षा कहिले पूरा होला ?
हिजो मैले पत्रकारिता र गीतसंगीतमा सफलताका लागि संघर्ष गरें । आजसम्म पनि पत्रकारिता र गीतसंगीतबाट सेवा गरें । राजनीतिमा पनि म असफल हुन्छु जस्तो लाग्दैन ।

किनभने, आत्मसन्तुष्टिका लागि राजनीति गरेको हुँ । ठूलो आंकाक्षा बोकेर आएकी छैन । जहाँ आकांक्षा ठूलो हुन्छ, त्यो भेट्न नसक्दा मात्रै असफल हुने हो । म देशको सेवाका लागि राजनीति गर्दैछु त्यसैले सफल नै हुन्छ भन्ने लाग्छ । 

समृद्ध देश बनाउन राजनीतिमा प्रवेश गरेकी हुँ भन्नु भयो, पार्टीको भन्दा फरक भिजन के छ ? 
पार्टीहरु फुटिरहेका छन्, अध्यक्ष बन्न पार्टी फुटाइरहनुभएको छ । यसले व्यक्तिलाई घाटा हुँदैन । देशलाई घाटा पुगिरहेको छ । पार्टी एकता र सुदिृढीकरण नभएसम्म देश बन्दैन ।

दलहरुबीच देशको विकास र समस्याको निकासका लागि एक ठाउँमा उभिनुपर्छ । यसका लागि मेरो प्रयास रहनेछ । अखण्ड नेपालको आधार राजसंस्था र हिन्दूराज्य तथा आर्थिक समृद्धि युवाको स्वरोजगारी, युवामय पार्टी बनाउन राप्रपालाई अग्रणी पार्टी बनाउने मेरो नारा जुन अरुहरुको भन्दा बिल्कुल फरक छ ।  

अन्तिममा आफ्ना मतदातालाई के भन्नुहुन्छ ? 
म सद्विचारमा लागेकी छु र अरुलाई पनि सद्विचारमा लाग्न अनुरोध गर्छु । अत्याधिक मतले मतले मलाई विजयी गराउनुहोस् भन्न चहान्छु । राप्रपा कमजोर रहँदा पार्टीमा बसेर योगदान गर्नुहुने सबैको सम्मान गर्दै योग्यताको कदर गर्ने वातावरण निर्माणका लागि मेरो पहल रहनेछ । अग्रजहरुलाई खोजीखोजी र युवाहरुलाई खोजी खोजी पार्टीमा ल्याउने मेरो प्रयास रहनेछ । यसका लागि पनि 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७३  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC