site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मलेसियामा दैनिक १ नेपालीको मृत्यु, किन हुन्छ कामदारको दैनिक मृत्यु ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली कामदारमध्ये दैनिक एकजनाको मृत्यु हुने गरेको पाइएको छ । मलेसियामा अहिले ६ देखि ७ लाख नेपाली रहेको अनुमान गरिएको भए पनि एकिन भने कति छन् भन्ने पत्ता लाग्न सकेको छैन । 
कतिपय गैरकानुनी रुपमा पनि बसेको हुँदा एकिन संख्या नभएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । 
तीन वर्षको तथ्यांक हेर्ने हो भने दैनिक १ नेपालीको मृत्यु हुने गरेको पाइएको छ ।  सन् २०१४ मा ३१४ जना नेपाली कामदारको मृत्यु भएको थियो । सन् २०१५ मा ४६१ जना र सन् २०१६ मा ३९२ जनाको मृत्यु भएको छ । सन् २०१६ मात्रै ४९ जनाले आत्महत्या गरेका छन् ।  के कारणले यति बढी नेपालीको मृत्यु हुने गरेको छ भन्ने पत्ता लगाउन मलेसियामा रहेको युनिभर्सिटी मलेसियाले अध्ययन थालेको मलेसियाका लागि नेपाली राजदुत डा. निरन्जनमान सिंह बस्न्यातले जानकारी दिए ।
त्यसका लागि नेपालबाट पनि केही चिकित्सकको टोली मलेसिया बोलाइएको उनले जानकारी दिए । राति सुतेको बेलामा धेरै नेपालीको ज्यान गएकाले के कारणले यस्तो भैरहेको छ भन्ने पत्ता लगाउन अनुसन्धान थालिएको उनको भनाई थियो ।

के कारणले दैनिक मृत्यु भइरहेको छ कामदारको ?
अनुसन्धानका क्रममा राति सुतेकै बेलामा धेरै कामदारको मृत्यु भएको पाइएको छ । केही कामकै क्रममा, केही दुर्घटनामा परे पनि धेरैजसोको मृत्यु राति सुतेको बेलामा भएको पाइएको राजदूत बस्न्यातले जानकारी दिए ।
मानसिक रुपमा टेन्सन हुनु, १२ घण्टा लगातार काममा खटिनु, आराम नहुनु, पानी कम पिउनु, खानाको सन्तुलन नमिल्नु, मापसे बढी गर्नु जस्ता कारण बढी देखिएको उनको भनाई थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७३  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC