Skip Advt.

देश निर्माणमा जुट्न ऊर्जा मन्त्री जनार्दन शर्माको आह्वान

देश निर्माणमा जुट्न ऊर्जा मन्त्री जनार्दन शर्माको आह्वान

काठमाडौं । ऊर्जा मन्त्री जनार्दन शर्माले देश निर्माणमा जुट्न युवाहरूलाई आह्वान गरेका छन् । ललितपुरमा आयोजित राष्ट्रिय प्रविधि मेलालाई सम्बोधन गर्दै उनले मन्त्री शर्माले मुलुकलाई १५ वर्षभित्र समृद्ध बनाउन सम्भव रहेको दावी समेत गरेका हुन् । 

त्यस्तै उनले विकास निर्माणको कामलाई युवाहरूले केन्द्र भागमा राख्ने बेला आएको पनि स्पष्ट पारे । 

मन्त्री शर्माले नेताहरूलाई सराप्ने काम भइरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । उनले अघिल्लो पुस्ताले राजनीतिक लडाइँ लडेको उल्लेख गर्दै अवको पुस्ताले आर्थिक क्रान्तिका लागि लडाइँ लडनेबेला आएको पनि स्पष्ट पारे । युवाहरू लागि परे १०/१५ वर्ष भित्रमै मुलुक समृद्ध हुने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस