site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
न्यु डायमन्डलाई चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय महिला भलिबलको उपाधि 
Ghorahi CementGhorahi Cement

काठमाडौं । न्यु डायमन्ड एकेडेमीले चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा बिहीबार भएको फाइनलमा आयोजक सशस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–२ को सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधि जितेको हो । 

एपीएफ क्लबको कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा १५–२५ ले पहिलो सेट गुमाएको न्यु डायमन्ड दोस्रो सेट २५–२३ ले जित्दै खेलमा फर्किएको थियो । स्पाइकर प्रतिभा मालीसँगै डिफेन्सले उत्कृष्ट प्रदर्शन गरेको न्यु डायमन्डले तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै खेल २–१ को स्थितिमा पुर्‍यायो । तर, चौथो सेटमा न्यु डायमन्डलाई २५–१६ ले पराजित गर्दै एपीएफले खेल पाँचौं सेटसम्म पुर्‍यायो । पाँचौं तथा निर्णयक सेटमा न्यु डायमन्डले एपीएफमाथि १५–१२ ले जित्दै उपाधिमाथि कब्जा जमायो ।

Agni Group

उपाधिसंगै न्यु डायमन्ड एकेडेमीले २ लाख ५० हजार प्राप्त गर्‍यो भने उपविजेता एपीएफले १ लाख २५ हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट खेलाडी बनिन् । उनले यामाहा कम्पनीको स्कुटर प्राप्त गरिन् । 

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट ब्लकरमा एपीएफकै नेविका चौधरी र उत्कृष्ट सेटर एपीएफकै बिनिता बुढाथोकी घोषित भइन भने न्यु डायमन्डका कृपा अधिकारी उत्कृष्ट सर्भर र सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स चुनिए । उत्कृष्ट कोचको उपाधि न्यु डायमन्डका कुमार राईले जिते । विधागत उत्कृष्ट हुनेले नगद ५/५ हजार प्राप्त गरे ।

Global Ime bank

विहीबार नै भएको तेस्रो स्थानको खेलमा विभागीय टोली नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको पश्चिमाञ्चल भलिबल टोलीले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । पुलिसविरुद्ध पश्चिमाञ्चलले २५–२१, २५–२१ र २५–१७ को नतिजा निकाल्यो ।   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७३  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC