site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा दोब्बर बढाएको छ ।
चालु आवको कात्तिकदेखि पुससम्म ३ महिनामा नाफा ३६ करोड बढाएर ७२ करोड ६० लाख ३७ हजार रुपैयाँ पुयाएको छ । चालु आवको पहिलो त्रैमाशमा बैंकको नाफा ३५ करोड ९६ लाख ७६ हजार रुपैयाँ थियो । 

बैंकले आज सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक प्रतिवेदनमा नाफा, निक्षेप परिचालन र कर्जा लगानीमा वृद्धि भएको देखाएको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय सम्पत्ति अनुपात साढे १ प्रतिशत मात्र छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कर्जा निक्षेप अनुपात ७७.९२ प्रतिशत छ । वित्तीय विवरण अनुसार बैंकलाई थप लगानी गर्नका लागि तरलताको समस्या देखिएको छ । निक्षेप र कर्जाबीचको व्याजदर अन्तर (स्पे्रड) दर ४ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ७४ पैसा छ ।

समीक्षा अवधिमा बैंकले ७४अर्ब ९३ करोड ५७ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत असोजसम्म बैंकको निक्षेप परिचालन ७० अर्ब ५ करोड रुपैयाँ थियो । ३ महिनामा बैंकको निक्षेप परिचालन झण्डै ५ अर्ब रुपैयाँ बढेको वित्तीय विवरणले देखाएको छ । 

Global Ime bank

यस्तै बैंकले ६२ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत असोजसम्म बैंकले ५८ अर्ब ९३ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । ३ महिनामा कर्जा लगानी पनि झण्डै ४ अर्ब रुपैयाँ बढेको छ ।

बैंकले रियलस्टेट क्षेत्रमा ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले सबैभन्दा बढी टर्म लोन र ओभर ड्राफ्टमा लगानी गरेको छ । जसअनुसार टर्म लोन १२ अर्ब ८१ करोड र ओभर डाफट २७ अर्ब रुपैयाँ बढी छ । 

बैंकको चुक्तापुँजी ५ अर्ब २३ करोड ५० लाख रुपैयाँ छ । आउदो असारसम्म बैंकले पुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ९, २०७३  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC