site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म्यानचेस्टर सिटी र टोटनह्यामको बराबरी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौ । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र टोटनह्यामले बराबरी खेल्दै अंक बाडेका छन् । लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी र टोटनह्यामले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
 
घरेलु मैदानमा भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा सिटीले अंक बाड्न बाध्य भयो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चारै गोल दोस्रो हाफमा भएको हो । सिटीका लागि लेरोय साने र केविन डि ब्राउनले गोल गर्दा टोटनह्यामका डेल अली र सन हेङ–मिनले एक एक गोल गरे । 
प्रतिस्प्रधात्मक खेलमा ४९ औं मिनेटमा सानेको गोलबाट सिटीले अग्रता लिएको थियो । खेलको ५४ औं मिनेटमा ब्राउनले गोल गरेपछि सिटीले २–० को अग्रता लियो । तर, सिटीको दुई गोलको अग्रता टिक्न सकेन । खेलको ५८ औं मिनेटमा अलीले टोटनह्यामका लागि एक गोल फर्काए । त्यसपछि खेलको ७७ औं मिनेटमा सनले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए ।
 
यो बराबरीपछि टोटनह्याम लिगको दोस्रो स्थानमा उक्लिएको छ । टोटनह्यामले २२ खेलबाट ४६ अंक जोडेको छ । म्यानचेस्टर सिटी भने २२ खेलबाट ४३ अंकसहित पाँचौं स्थानमा छ ।  एक खेल कम खेलेको शीर्ष स्थानको चेल्सीको ५२ अंक छ ।
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ९, २०७३  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC