site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुल घरेलु मैदानमा स्वान्सीसँग पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुल स्वान्सी सिटीसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल स्वान्सीसँग घरेलु मैदानमा ३ – २ ले पराजित भएको हो ।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको नाटकीय खेलमा स्वान्सीलाई जित दिलाउन फर्नान्डो लोरेन्टेले दुई तथा सिगुड्सनले एक गोल गरे । लिभरपुलका रोबर्टो फिर्मिनोले दुई गोल गरे पनि टोलीको हार तार्न सकेनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

लिभरपुलले खेल अवधिभर बल पोजिसनमा पकड जमाएको थियो । तर, पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा स्वान्सीले सुरुवाती अग्रता लियो । दोस्रो हाफको तेस्रो मिनेटमा नै लोरेन्टेले गोल गर्दै स्वान्सीलाई अग्रता दिलाए । पहिलो गोल गरेको चार मिनेटपछि ५२ औं मिनेटमा लोरेन्टले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ५२ औ मिनेटसम्म दुई गोलले पछि परेको लिभरपुलले खेलको ५५ औं मिनेटमा खेलमा फर्कियो । खेलको ५५ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए ।

Global Ime bank

त्यसपछि ६९ औं मिनेटमा फिर्मिनोले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए । तर, खेलको ७४ औं मिनेटमा सिगुड्सनले गोल गर्दै स्वान्सीलाई ३ – २ को महत्वपूर्ण जित दिलाए ।

यो जितसँगै स्वान्सीले लिभरपुलमाथी उसैको घरेलु मैदानमा पहिलो पटक पराजित गर्न सफल भएको छ । साथै स्वान्सी रेलिगेशन जोनबाट समेत माथि उक्लिएको छ । स्वान्सीले लिगमा १८ अंक जोडेको छ ।

यता, स्वान्सीसंग पराजित लिभरपुल शिर्ष स्थानको चेल्सीभन्दा ७ अंकले पछि पारेको छ । तेस्रो स्थानको लिभरपुलले २२ खेलबाट ४५ अंक जोडेको छ भने एक खेल कम खेलेको चेल्सीको ५२ अंक छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ९, २०७३  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC