विदेश
काठमाडौं । भारतको आन्ध्रप्रदेश राज्यमा एक यात्रुबाहक रेल दुर्घटना हुँदा कम्तीमा पनि २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । समाचारअनुसार राज्यको भिजियाना गाराम जिल्लाको कुनेरु स्टेशन नजिक रेलका सात डिब्बाहरु लिकबाट बाहिर आएका छन् ।
सो रेल जगदालपुरबाट उडिसा राज्यको भुवनेश्वर जाँदै थियो । धेरै मानिसहरु अझै च्यापिएका उनीहरुलाई निकाल्ने र उद्दार गर्ने प्रयास भइरहेको बताइएको छ ।
रेल दुर्घटनाको कारण भने अझै पत्ता नलागेको बताइएको छ । घाइतेहरुलाई नजिकको अस्पतालमा लगिएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७३ ०८:४७
प्रतिक्रिया दिनुहोस्