site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । धितोपत्र बजारमा यस साता एक अर्ब ८५ करोड ९० लाख ३७ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सो अवधिमा कुल १३१ कम्पनीको एक करोड १३ लाख १८ हजार दुई सय ७० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताभन्दा ६ दशमलव ९६ प्रतिशत बढी हो ।

गतसाता १४८ कम्पनीको कारोबार भएको थियो । गत साता एक अर्ब ७३ करोड ७९ लाख ९९ हजार बराबरका एक करोड ३३ हजार सात सय ८० कित्ता सेयर खरिदबिक्री भएका थिए । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव १६ अङ्कले घटेर अन्तिम दिन एक हजार ४६२ दशमलव ५६ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ७३ अङ्कले घटेर ३१७ दशमलव ३२ अङकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु २० करोड ९३ लाख बराबरको सेयर कारोबार भएको छ भने सेयर सङ्ख्याको आधारमा नविल ब्यालेन्स फन्ड अग्रस्थानमा रहेका छन् । फन्डको ३२ लाख ६२ हजार कित्ता सेयर कारोबार भएको स्टकले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ८, २०७३  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC