site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र भित्रैबाट संविधान संशोधन प्रस्ताव थाती राख्न सरकारलाई दबाब दिन थालिएको छ । पार्टी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले संविधान संशोधन प्रस्ताव थाती राख्नैपर्ने बताएका छन् ।

उनले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न पनि संविधान संशोधन प्रस्ताव थाती राखेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे ।  काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपनेता रायमाझीले राष्ट्रिय सहमति नभई संविधान संशोधन प्रस्ताव अघि बढाए त्यसले राष्ट्रको हित नगर्ने तर्क गरे । उनले संविधान कार्यान्वयन नभए मुलुक संकटमा फस्ने चेतावनी समेत दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

रायमाझीले ५ नम्बर प्रदेश विभाजन गर्नेगरि आएको संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नभएको दाबी गरे । नेपाली कांग्रेसका नेता एवम् खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले भने सरकारले हचुवाको भरमा चुनावको मिति घोषणा नगर्ने जानकारी दिए । उनले दलीय सहमति नभई निर्वाचन भए पूर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेको निर्वाचन जस्तै हुने दृष्टान्त पनि पेश गरे ।

राज्य मन्त्री खड्काले मधेशवादी दललाई पनि साथमा लिएर निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको बताए । राज्य मन्त्री खड्काले मेलम्ची खानेपानी आयोजनाको अधिकांश काम सम्पन्न भैसकेको उल्लेख गर्दै आगामी असोजभित्रै काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने दाबी गरे ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ८, २०७३  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC