site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

धनगढी । कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले चालु आर्थिक वर्षको पुस महिनासम्म रु तीन अर्ब तीन करोड ५८ लाख कर्जा लगानी गरेको छ । 

बैंकको स्वर्ण महोत्सवका अवसरमा आज क्षेत्रीय कार्यालय धनगढीमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सो अवधिमा रु दुई अर्ब ५१ करोड छ लाख साँवा असुली भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै बैंकले ब्याज असुली रु २९ करोड ४८ लाख २५ हजार तथा लगानी रकम रु पाँच अर्ब ३८ करोड ७१ हजार रहेको छ । उक्त अवधिमा रु १९ करोड ६० लाख ९८ हजार नाफा भएको बैंकले जनाएको छ । सबैभन्दा बढी लगानी थोक तथा खुद्रा व्यवसायमा रु दुई अर्ब सात करोड ३७ लाख ५६ हजार गरिएको छ भने सबैभन्दा कम विद्युतीय ग्यास तथा पानी शीर्षकमा रु एक करोड ७३ लाख २३ हजार लगानी भएको उक्त बैंकका क्षेत्रीय निर्देशक ध्रुवचन्द्र गौतमले जानकारी दिए । 

कार्यक्रममा ठूलो कर्जाको कारोबार गरेबापत गणेश इँटा उद्योग धनगढी र कालिका इँटा उद्योग सुखडलाई तथा ठूलो निक्षेप गरेबापत कैलाली बहुमुखी क्याम्पस र बैतडी पाटनकी मीना विष्टलाई कदरपत्रद्वारा सम्मानित गरियो । यस्तै बैंक कर्मचारी सङ्घले उत्कृष्ट काम गर्ने शाखा, २० वर्ष सेवा अवधि पु¥याउने कर्मचारीलाई समेत प्रशंसा पत्रद्वार सम्मानित गरिएको छ । रासस 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC