काठमाडौँ । गत पुसमा पुर्वान्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा सबैभन्दा धेरै स्वर्ण पदक जित्ने जिम्न्यास्टिक खेलाडी राजु राई सम्मानित भएका छन् ।
झापाको धुलाबारीमा भएको राष्ट्रिय जिम्न्यास्टिकमा सर्वाधिक ७ वटा स्वर्ण पदक जिते राजु राईलाई काठमाडौंको नयांबजार टाउनल्पानिङस्थित गितान्जली कलेजले नगद पुरस्कार सहित सम्मान गरेको हो । पदक बिजेता राईलाई कलेजका अध्यक्ष मोहन केसीले खेलाडी राईलाई ५ हजार नगद र सम्मानपत्रबाट शुक्रबार सम्मानित गरे ।
एपीएफका राईले सातौँ राष्ट्रिय खेलकुदमा आफ्नै गुरु राजेश्वरमान स्थापितले बनाएको कीर्तिमानी बराबरी गरेका थिए । यसअघि २०४६ सालमा सम्पन्न राष्ट्रिय जिमन्याष्टिक च्याम्पियनशीपमा स्थापितले सर्वाधिक ७ वटा स्वर्ण पदक जितेका थिए । यस्तै सम्मान कार्यक्रममा राईले उक्त कलेजव्दारा हालै आयोजित खेलकुद सप्ताहमा विजयी हुने बिद्याार्थीहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरेका थिए ।