site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
यस्तो छ डोनल्ड ट्रम्पको शपथ ग्रहणको रुपरेखा
Sarbottam CementSarbottam Cement

काठमाडौं । डोनल्ड ट्रम्पले अमेरिकाका ४५ औँ राष्ट्रपतिका रूपमा २० जनवरी (नेपाली समयअनुसार १०ः४५ बजे) शपथ लिनेछन् ।  उनी वाशिङटनमा लाखौँ जनताका बीचमा शपथ ग्रहण गर्नेछन्  । र, ती जनता समारोहका साक्षी हुने आशा गरिएको छ । अहिले सबैको नजर अमेरिकाको राजधानी वाशिङटनको ह्वाइट हाउसमा छ । औपचारिक रूपमा ट्रम्प राष्ट्रपति हुने समारोहतिर छ । 

प्रत्येक चार वर्षमा निर्वाचित राष्ट्रपतिलाई संयुक्त राज्य अमेरिका मुख्य न्यायाधीशले पदको शपथ गराउँछन् । शपथ २० जनवरीमा अमेरिकी समयअनुसार ठीक मध्यान्हमा दिइन्छ । तब नेपालमा रातको पौने ११ बजिरहेको हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

शपथग्रहणको समय र मितिको निर्धारण पनि अमेरिकी संविधानमा गरिएको छ । पहिले शपथग्रहणको मिति चार मार्चमा थियो । तर, सन् १९३३ मा बीसौँ संशोधनअन्तर्गत मार्चको मितिलाई परिवर्तन गरी फेब्रुअरी बनाइएको थियो । 

अमेरिकामा शपथग्रहण समारोह सत्ता हस्तान्तरणको एउटा हिस्सा हो । यो समारोहपछि पेन्सिलभेनिया एभेन्युमा परेड हुन्छ । 
र, केही कार्यक्रमहरूको सुरुआत पनि ।

Global Ime bank

यस्तो छ कार्यक्रमको रुपरेखा
– १९ जनवरीमा अमेरिकी समयअनुसार दिउँसो साढे दशबजे (नेपालमा रातको ९ बजेर २० मिनेट) लिङ्कन मेमोरियलनजिक एउटा सार्वजनिक सांगीतिक समारोहको आयोजना गरिन्छ । यसमा डीसी फायर डिपार्टमेन्ट एमरल्ड सोसायटी पाइप्स र द रिपब्लिकन हिन्दू कोएलिशनसँगै हाई स्कुल मार्चिङ ब्याण्डको कार्यक्रम हुनेछ । 

– अमेरिकी समयअनुसार मध्याह्नपछि चार अपराह्न चार बजे ट्रम्प लिङ्कन मेमोरियल कन्सर्टलाई सम्बोधन गर्ने छन् । टोबी किथ र ली ग्रिनवुडले त्यहाँ प्रस्तुति दिनेछन् । 
– साढे तीन बजे ट्रम्प र निर्वाचित उपराष्ट्रपति माइक पेन्स ओर्लिङटन नेशनल सिमेट्रीमा महत्वपूर्ण अमेरिकी हस्तीहरूलाई श्रद्धाञ्जली दिन पुग्नेछन् ।
– शुक्रबार बिहान ट्रम्प ब्लेयर हाउ प्रस्थान गर्ने छन् ।
– बिहान नै ट्रम्प सेन्ट जोन्स एपिस्कोपल चर्च जानेछन् ।
– चर्चबाट फर्किएपछि ट्रम्प ह्वाइट हाउसमा ओबामासँग कफी पिउने छन् ।
– यसपछि ट्रम्प राजधानी शपथ लिने प्रस्थान गर्ने छन् । 
– यसपछि ट्रम्प नेशनल मल परेड अवलोकन गर्न जानेछन् ।
– ट्रम्प ह्वाइट हाउसनजिक सेन्ट जो एपिस्कोपल चर्च जानेछन् ।
– ट्रम्प श्रीमती मेलानियासँग ह्वाइट हाउसमा र प्रथम महिला मिशेलसँग कफी पिउनेछन् । यसपछि उनी गाडीका माध्यमबाट राजधानी प्रस्थान गर्ने छन् । 
– बिहान साढे नौ बजे संगीत समारोहसँगै शपथ ग्रहणका साथ आउनेछन् ।
– दिउँसो साढे ११ बजे कार्यक्रमको शुरुआत औपचारिकताका साथ सुप्रिम कोर्टका मुख्य न्यायधीश माइक पेन्सले उपराष्ट्रपति पदका शपथ दिलाउँछन् । 
– अमेरिकी समय अनुसार दिउँसो १२ बजे ट्रम्प राष्ट्रपति पदको शपथ लिनेछन् । यसपछि ट्रम्पले उद्घाटन सम्बोधन गर्ने छन् । 
– साँझ तीन बजेदेखि पाँच बजेसम्म ट्रम्प र पेन्स २.४ किलोमिटरको परेडमा सहभागी हुनेछन् । 
– रातको सात बजेदेखि ११ बजेसम्म ट्रम्प र पेन्स आफ्ना श्रीमतीसँग तीन उद्घाटन समारोहमा सहभागी हुनेछन् । 

२१ जनवरी
– दिउँसो १० बजे ट्रम्प र पेन्स वाशिङटनस्थित नेशनल कथिड्रलमा धार्मिक प्रार्थना सेवामा सहभागी हुनेछन् । यसै समय ‘द वुमन मार्च’ सुरु हुनेछ । 

क–कस्को उपस्थिति रहनेछ ? 
– ओबामा र मिशेल गाडीहरूको समूहमा ट्रम्पसँगै राजधानी औपचारिक समारोहका लागि प्रस्थान गर्नेछन् । त्यहाँ कंग्रेस सदस्यबाहेक नेताहरु र समर्थक भेला हुनेछन् ।  
– ट्रम्पसँग निर्वाचनमा पराजय बेहोरेकी हिलारी क्लिन्टन पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनसँग यो समारोहमा सरिक हुन सक्नेछिन् । 
– पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुश आफ्नी पत्नी लारा र पूर्व राष्ट्रपति जिमी कार्टर आफ्नी श्रीमतीका साथ समारोहमा उपस्थित रहनेछन् । 
– आठदेखि ९ लाख व्यक्तिले यो सत्ता हस्तान्तरण समारोह अवलोकन गर्ने विश्वास गरिएको छ । यद्यपि धेरै व्यक्ति ट्रम्पलाई समर्थन गर्न जानेछन् या विरोध गर्न यो भने स्पष्ट छैन । 
– ओबामाले जब अमेरिकी बागडोर सम्हालेका थिए तब १८ लाख व्यक्ति वाशिङटन पुगेका थिए । (बीबीसी हिन्दी)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC