काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा विदेशी मुद्रा सञ्चिति ३.६ प्रतिशत बढेको छ ।
मंसिर मसान्तसम्म विदेशी मुद्रा सञ्चिती १० खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिती १० खर्ब ३९ अर्ब २१ करोड रुपैयाँ भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चिति मध्ये राष्ट्र बैंकमा ९ खर्ब १२ अर्ब ८६ करोड रुपैयाँ छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय
सञ्चिति १ खर्ब ६३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यसमा भारतीय मुद्रा सञ्चितिको अंश २१.९ प्रतिशत छ ।
पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको सञ्चितिले १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल
आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ४७.९ प्रतिशत, १०३.५ प्रतिशत र ४५.१ प्रतिशत रहेका छन् ।