site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंकबीच एक आपसमा गाभिने सैद्धान्तिक सहमति भएको छ । 
मेगाका अध्यक्ष भोजबहादुर शाह र टुरिजमका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दुवै बैंकको सञ्चालक समितिका सदस्यको रोहवरमा सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 
मर्जरपश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहने प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले बताए । 
अन्तिम सेयर आदानप्रदान अनुपात दुवै संस्थाको सम्पत्ति र दायित्व मूल्यांकन (डीपीए) प्रतिवेदनको आधारमा फरक पर्न सक्ने गरी हाललाई मेगा र टुरिजमको सेयर आदानप्रदान अनुपात १००ः९५ तय गरिएको उनले जानकारी दिए ।
शाहका अनुसार गाभिएपछि पनि मेगाका अध्यक्ष र सीईओले नै निरन्तरता पाउने भएका छन् । मेगाको चुक्ता पुँजी ४ अर्ब १ करोड, १ एक्सटेन्सन काउण्टर सहित ४० शाखा सञ्चालनमा छन् । यस्तै ४७ वटा एटिएम रहेका छन् ।
टुरिजमको चुक्ता पुँजी ९१ करोड ९७ लाख, १ एक्सटेन्सन काउण्टर सहित शाखा संख्या २३ तथा १२ वटा एटिएम छन् । 
मेगाले गत आर्थिक वर्षको नाफाबाट  सेयरधनीलाई १३.९५ प्रतिशत बोनस सेयर वितरणको सिफारिश गरेको छ । आउँदो सञ्चालक समितिले अनुमोदन गरेपछि बोनस सेयर वितरण हुनेछ । 
यस्तै टुरिजमले १८.६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । हालै मात्र टुरिजमले मातृभूमि विकास बैंक र कालिन्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी गत पुस २४ गतेदेखि संयुक्त कारोबार सञ्चालन गरेको छ । 
एकआपसमा गाभिने भएपछि दुवै बैंकको सेयर रोक्काको प्रकृया अघि बढाइएको सीईओ शाहले जानकारी दिए । दुवै संस्था एकआपसमा गाभिन नेपाल राष्ट्र बैंकमा संयुक्त निवेदन दर्ता गराइने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC