site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । आयातको तुलनामा निर्यात खुम्चिँदै गएपछि नेपालको वैदेशिक व्यापार घाटा चुलिएको छ ।
चालु आर्थिक वर्षको ५ महिनामा मात्रै ३ खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक व्यापार घाटा भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको तुलनामा आयात ७८.९ र निर्यात १७ प्रतिशत मात्र बढेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार घाटा ८७ प्रतिशत बढेको छ ।

मंसिरसम्ममा भारत र चीनलगायत अन्य तेस्रो मुलुकबाट गरी कुल ३ खर्ब ८२ अर्ब ६४ करोड रुपैयाँको वस्तु आयात भएको छ । यस अवधिमा नेपालबाट भारत, चीन र तेस्रो मुलुकमा गरी कुल ३० अर्ब ६३ करोड ३२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । ५ महिनामा ४ खर्ब १३ अर्ब २७ करोड ४१ लाख रुपैयाँको वैदेशिक व्यापार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कुल व्यापारमा निकासीको ७.४ र आयात ९२.६ प्रतिशत हिस्सा  छ । निर्यातको तुलनामा आयात अत्यधिक बढेको छ । 

समीक्षा अवधिमा भारततर्फ निकासी २२.६ प्रतिशत बढेर १७ अर्ब रुपैयाँ नाघेको छ । चीनमा निकासी ५५.३ प्रतिशत बढेर ७ अर्ब ४४ करोड २० लाख रुपैयाँ पुगेको छ । यस्तै, तेस्रो मुलुकतर्फ ८.९ प्रतिशत बढेर १२ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।  

Global Ime bank

भारतबाट हुने आयात १०५.८ प्रतिशत बढेर २ खर्ब ५० अर्ब ३६ करोड २८ लाख रुपैयाँ पुगेको छ । चीनबाट ४३ प्रतिशत बढेर ५३ अर्ब १९ करोड ३५ लाख रुपैयाँ छ भने तेस्रो मुलुकबाट ४३.८ प्रतिशत बढेर ७९ अर्ब ८ करोड रुपैयाँको वस्तु आयात भएको छ । 

कुल व्यापार घाटामध्ये भारतसँग मात्र २ खर्ब ३३ अर्ब ३४ करोड छ । चीनसँग ५२ अर्ब ४४ करोड ५३ लाख र तेस्रो मुलुकमा ६६ अर्ब २१ करोड ४८ लाख रुपैयाँ भएको राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।  

वस्तुगत आधारमा जुस, जुटका सामान, खोटो लगायतको निर्यात बढेको छ भने अलैँची, तयारी पोशाक, ऊनी गलैंचाको निर्यात घटेको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपूर्जा, पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपूर्जा, निर्माण सामाग्री लगायतका वस्तुको आयात बढेको छ भने कोल्डरोल सिट ईन क्वाईल, हवाईजहाजका पार्टपूर्जा लगायतका वस्तुहरुको आयात घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC