site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

भक्तपुर। भक्तपुर नगरपालिका–२ कमलविनायक भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट प्रहरीले आज २० जना जुवाडेलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा नगद रु सात लाख ५२ हजार ८५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरेको हो । 

Agni Group

प्रहरीले जुवा खेलाउने रिसोर्टका सञ्चालक काभ्रे दोलालघाट–८ का वर्ष २८ का कुमार खत्रीसहित २० जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरले थप अनुसन्धान सुरु गरेको छ । 

प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक दिलबहादुर सुवेदीका अनुसार पक्राउ परेकामध्ये दुईजना महिला जुवामा संलग्न नरहेको अनुसन्धानबाट पाइएपछि उनीहरुलाई छाडिएको बताए । 

Global Ime bank

जुवा खेलाउने रिसोर्ट सञ्चालकसहित अन्य १८ जनालाई भने आजै मुद्दा चलाएको उनले जानकारी दिए। रासस 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC