site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलक बाहिर नेपाली चलचित्रको बजार बिस्तार हुन नसकिरहेका बेला भारतीय चलचित्र बजारलाई लक्षित गर्दै नेपाली चलचित्र बन्ने भएको छ ।

निखिल उप्रेती, गोपल कायस्थ लगायतका केही व्यक्तिले  चलचित्र बनाउन लागेका हुन् । “चलचित्रको कथा र निर्देशन निखिल कै रहनेछ,” चलचित्र वितरक कायस्थले भने, “लगानी निखिल, म र केही साथीहरुको रहनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

स्क्रिप्ट तयार भइसकेको चलचित्रमा भारतीय कलाकार पनि खेल्नेछन् । कायस्थका अनुसार राम सेट्टी लगायतका भारतीय कलाकारले चलचित्रमा अभिनय गर्दैछन् । चलचित्रमा निखिल मुख्य पात्रका रुपमा रहनेछन् ।

चलचित्रमा दुई करोड लगानी गर्ने योजना रहेको सुनाउँदै कायस्थले भने, “नेपालमा पनि राम्रा चलचित्र बन्दा रहेछन् भनेर देखाउन चलचित्र बनाउन लागिएको हो । यो चलचित्रले नेपाली चलचित्रका लागि भारतीय बजारको बाटो खोलिदिनेछ ।”

Global Ime bank

भाषा र संस्कृति मिल्ने तथा चलचित्रको ठूलो बजार रहेको भारतमा नेपाली चलचित्र हलमा देखाउन सके नेपाली चलचित्रको स्तर माथि उठ्न सक्ने योजनासहित चलचित्र बनाउन लागिएको उनले बताए । चलचित्रको छायांकन चाँडै सुरु हुने कायस्थले जानकारी दिए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC