site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नयाँ शैक्षिक सत्रसँगै कक्षा १० को पाठ्यपुस्तक परिवर्तन भएर आउने भएको छ । आगामी वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भए पनि पुस्तक छाप्ने काम भने बाँकी नै छ । 
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले कक्षा १० को अनिवार्य ६ वटै विषय (नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या तथा वातावरण)को पाठ्यपुस्तक परिवर्तन हुन लागेको जानकारी दिए । 
निर्देशक काप्रीले प्रत्येक १० वर्षमा पाठ्यक्रममा सामान्य संशोधन तथा परिमार्जन गरिने गरेको बताए । त्यसैअनुसार आगामी शैक्षिक सत्रदेखि सामान्य परिमार्जन तथा संशोधनसहित पुस्तक प्रकाशन हुन लागेको हो । 
सामाजिक शिक्षामा गत वर्ष जारी भएको संविधान तथा निर्वाचनसम्बन्धी विषयवस्तु थपिनेछ भने अन्य विषयहरुमा पनि केही विषयवस्तु परिवर्तन भएर आउन लागेको छ । 
जनक शिक्षा सामग्री केन्द्रका निर्देशक कपिल पोखरेलले कक्षा १० को एक लाख पुस्तक छपाइ सक्न अझै एक साता लाग्ने बताए । केन्द्रले कक्षा १० को तीन वटा विषयको पाठ्यपुस्तकको कभर छापिसकेको छ । 
नयाँ शैक्षिक सत्रका लागि ३ करोड ७२ लाख ५२ हजार पाठ्यपुस्तक चाहिन्छ । यसमध्ये १ करोड २१ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको केन्द्रले जनाएको छ । 
केन्द्रले कक्षा १ देखि ५ सम्मका ३४ लाख ५० हजार २३ विद्यार्थीलाई आवश्यक हुने १ करोड ७२ लाख थान पुस्तक छाप्ने जिम्मेवारी निजी प्रकाशकलाई दिएको छ । कक्षा ६ देखि कक्षा १० सम्मका २३ लाख ७ हजार विद्यार्थीका लागि आवश्यक २ करोड १ हजार ८ सय ४० थान पाठ्यपुस्तक भने केन्द्र आफैंले छाप्नेछ । 
कक्षा सुरु हुनुभन्दा १५ दिनपहिले नै स्कुलमा पाठ्यपुस्तक पुर्याउनुपर्ने भए पनि अहिलेको छपाइको गति हेर्दा बेलैमा सबैतिर किताब पुर्याउन सकिने सम्भावना नदेखिएको सरोकारवालाहरूले बताएका छन् । 
शैक्षिक सत्र सुरु हुनुअघि बाँकी पुस्तक तयार गर्न दैनिक १ लाख ३९ हजारका दरले छाप्नुपर्ने हुन्छ । तर, अहिलेको दैनिक छपाइ क्षमता ८२ हजारमात्रै छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC