site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीका अस्पतालमा पनि सर्वसाधारणले ओपीडी सेवा पाउने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले नेपाली सेना र नेपाल प्रहरीका अस्पतालमा पनि ओपीडी सेवा सञ्चालनका लागि गरिरहेको गृहकार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

मन्त्रिस्तरीय, सचिवस्तरीय र अस्पताल प्रमुखसँग छुट्टाछुट्टै पटक–पटक छलफल भइसकेको स्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । “सेना र प्रहरीसँग सँगसँगै र छुट्टाछुट्टै छलफल भइसकेका छन्,” उनले बाह्रखरीसँग भने, “अहिले तत्काललाई सेना र प्रहरीको अस्पतालमा ओपीडी सेवा र भीआईपी सेवा सुरु गर्ने विषयमा छलफल भएको छ । तर, हस्ताक्षर हुन बाँकी छ ।”

Agni Group

त्यसका लागि नेपाली सेना र नेपाल प्रहरीले केही सर्त राखेका छन् । पीजी अध्ययनका लागि अन्यसरह सुविधा पाउनुपर्ने, सरकारी अस्पताललाई सरकारले दिने सुविधा दिनुपर्ने, अध्ययन, तालिम, अनुदानमा समानता हुनुपर्ने लगायतका सर्त उनीहरुको छ ।

सहमति भए नेपाली सेनासँग भएका दुईवटा मोबाइल अस्पताल पनि सुचारु गर्ने बारेमा छलफल भएको छ ।

Global Ime bank

नेपाली सेनासँग काठमाडौं र नेपालगन्जमा गरी दुईवटा मोबाइल अस्पताल छन् । नेपाली सेनासँग भएको ‘डिजास्टर टिम’सँग सहकार्य गरेर अलर्ट मेकानिजम बनाउनेबारेमा पनि छलफल भएको छ ।

“प्राकृतिक विपद्का बेला अलर्ट मेकानिजमले उद्धार, राहत र उपचारको व्यवस्था गर्नेबारेमा पनि छलफल भएको छ,” स्वास्थ्यमन्त्रीका सल्लाहकार पौडेलले भने ।

वीर अस्पतालमा जस्तै नेपाली सेना र नेपाल प्रहरीका अस्पतालमा पनि भीआईपी कक्ष रहेकाले तिनीहरुलाई व्यवस्थित गरी सुचारु गर्ने बारेमा पनि छलफल भएको उनले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको पहलमा यी दुवै अस्पतालहरुमा माघ १५ गतेबाट सर्वसाधारणले पनि उपचार सेवा पाउने व्यवस्था मिलाइएको भए पनि अझै केही समय लाग्ने भएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणले पनि उपचार सेवा पाउने कुरा सकारात्मक भएकाले आफूहरु पनि तयार रहेको बताए ।

यसका लागि पटक पटक अस्पतालको अनुगमन समेत भइसकेको उनले जानकारी दिए  ।
उनले भने, “यो सेवा माघ १५ गतेबाट नै लागु हुने भनिए पनि सबै प्रक्रिया पुरा भएको छैन, कतिपय कुराहरु अपुग छ, त्यसलाई सुधार गर्दै अगाडि जाने कुरा भएको छ । हाम्रो क्षमता हेरेर कसरी जाने भन्ने कुरालाई बुँदागत रूपमा मन्त्रालयमा पठाएका छौँ । हामीले अहिले सेवा दिने ओपीडीमा हो । त्यसको लागि तयारी भइरहेको छ । अझै पूरा भएको छैन ।”

नेपाल प्रहरीका सह–प्रवक्ता ठाकुर प्रसाद ज्ञवालीले अहिलेसम्म आधिकारिक जानकारी नआएकोले यसको बारेमा केही बताउन नसकिने बताए ।

उनले भने, “मन्त्रालयको निर्णय हो, यसमा हामीले गर्नुपर्ने केही छैन । तयारी भएको छ । तर कहिलेदेखि भन्ने अझै टुंगो लागिसकेको छैन ।”

नेपाल पुलिस अस्पताल महाराजगञ्जका निर्देशक डा. दिनेश चन्द्र पोख्रेलले सेना र प्रहरीका अस्पतालहरुमा माघ १५ गतेबाट सर्वसाधारणहरुले पनि उपचार सेवा पाउनुपर्ने भन्ने बारेमा स्वास्थ्य मन्त्रालयले होमवर्क गरिरहेको बताए ।

उनले भने, “दुई÷चार वटा मिटिङ भयो, माथिल्लो तहमा पनि यसको बारेमा कुरा भैरहेको छ, यसको लागि चाहिने ह्युमन रिसोर्स र औषधीको व्यवस्था मन्त्रलायले गरिदिएमा हामीले सेवा दिन सक्छौं ।”

हाल सेना र प्रहरी अस्पतालहरुमा बहालवाला प्रहरी, सेना, निवृत्त प्रहरी, सेना तथा उनका परिवारका सदस्यहरुले मात्रै उपचार सेवा पाउँदै आएका छन् ।

मन्त्री थापाका सल्लाहकार पौडेलले पनि माघ १५ गतेभित्रै सेवा दिने बारेमा छलफल भएको भए पनि आन्तरिक तयारी भइरहेकाले केही दिन पर सर्न सक्ने बताए । तर धेरै दिन पर नजाने उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC