site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किन थपिए मन्त्री ? थापा र गच्छदारको साइत जुरेन 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएको ६ महिना पूरा हुन लागेकै बेला संसद्मा एक जना सदस्यमात्रै रहेका पार्टीहरूबाट दुई जनालाई मन्त्री बनाइएको छ ।

दुवै जनाले बिहीबार नै शपथ ग्रहण गरेका छन् ।

दाहालले समाजवादी  जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहलाई खानेपानी तथा सरसफाइ मन्त्रालय तथा अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्कालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनाएका हुन् ।

Agni Group

विधेयक पारित गराउनकै लागि मन्त्री थप गर्दै जाने हो भने साना दलहरूबाट अब कति जना मन्त्री बन्ने हुन् केही ठेगान छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा बसन्त बस्नेतले लेखेका छन् ।

‘किन थपिए मन्त्री ?’ शीर्षकमा लेखिएको समाचारमा सिंहको दललाई निर्वाचन आयोगले खारेजी गरिसकेको पनि उल्लेख छ ।

Global Ime bank

दाहाल नेतृत्वको सरकारमा राप्रपाका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार पनि सहभागी हुने बताइएको भए पनि मन्त्रालयको हैसियत नपुगेको भन्दै दुवैजनाले शपथ ग्रहण नगरेको आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेको समाचारमा उल्लेख छ ।
मर्यादाक्रममा पनि प्रधानमन्त्रीपछि दुवै जनाले आफू नै हुनुपर्ने अडान राखेका थिए ।

त्यसमा कांग्रेस तयार छैन । उपप्रधानमन्त्री विमलेन्द्र निधीभन्दा अरू कसैलाई माथि राख्न कांग्रेस तयार नभएको नागरिक दैनिकको समाचारमा उल्लेख छ । नागरिक दैनिकले यो समाचारलाई दोस्रो पृष्ठमा प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोस्टले पनि दोस्रो पृष्ठमा प्रकाशित गरेको समाचारमा थापा र गच्छदार मन्त्रीमा सहभागी नहुनुको कारण चाहेको मन्त्रालय नपाउनु नै रहेको उल्लेख छ ।

नयाँ पत्रिका दैनिकले भने आज यस विषयलाई खासै प्राथमिकतामा राखेको देखिँदैन । गोरखापत्र दैनिकमा भने राष्ट्रिय समाचार समितिको समाचार पहिलो पृष्ठमा प्रकाशित गरिएको छ ।

‘साना दलबाट थपिए दुई मन्त्री’ राजधानी दैनिकमा पहिलो पृष्ठमै समाचार प्रकाशित गरिएको छ ।

हिमालय टाइम्सले पनि दुई मन्त्री थपिए भन्ने शीर्षकको समाचारलाई पहिलो पृष्ठमा मुख्य समाचार बनाएको छ । 

भारतले एयर मार्सललाई बास माग्यो 

भारतबाट आउने जहाज काठमाडौंमा रोकिनु परे त्यसमा चढेर आउने गरेका हतियारधारी सुरक्षाकर्मीलाई बासको व्यवस्था गरिदिन भारत सरकारले आग्रह गरेको खुलासा भएको छ ।

भारतले हालै दुई देशका पर्यटन तथा नागरिक उड्डयनका उच्च अधिकारीको बैठकमा यस्तो आग्रह गरेको आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेको समाचारमा उल्लेख छ ।

यो समाचारलाई आजको कान्तिपुर दैनिकले महत्वका साथ पहिलो पृष्ठमा डबल डेक हेडलाईनमा प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकले पहिलो पृष्ठमा ‘ट्रम्पको शपथ आज’ भन्ने शीर्षकको समाचार प्रकाशित गरेको छ । भने एंकरमा ‘अन्तशुल्क स्टिकर खुलेआम दुरुपयोग’ भन्ने शीर्षकको समाचार प्रकाशित गरेको छ । 

नयाँ पत्रिका दैनिकले ‘निर्वाचन र संशोधन संसद्बाटै ओझेलमा’ भन्ने शीर्षकमा लेखेको समाचारलाई मुख्य समाचार बनाएको छ ।

दुई तिहाइ पुर्याउन सरकारलाई गाह्रो र मत जोगाउन विपक्षीका कस्ता रणनीति छन् भन्ने कुरा पनि समेटेर नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।

नागरिक दैनिकले ‘पीडितका नाउँमा जग्गा बाँड्ने खेल’ शीर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यसैगरी पहिलो पृष्ठमै ‘चुनाव मिति कानुनमै’ शीर्षकको समाचार प्रकाशित गरिएको छ । 

‘अन्याय खेप्दै न्यायाधीश’ भन्ने शीर्षकको समाचार पनि आजको नागरिक दैनिकले पहिलो पृष्ठमा विशेष महत्वका साथ प्रकाशित गरेको छ ।

न्याय परिषद्मा कार्यरत न्यायाधीश प्रकाशकुमार काफ्लेले ३२ वर्ष अघि न्यायाधीशमा नियुक्त भए पनि अहिलेसम्म कुनै बढुवा नपाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोस्टमा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले संविधानविपरीत जथाभावी कानुनी सल्लाहकार राखेका कारण राज्यका निकायको कानुनी प्रतिरक्षा कमजोर बनेको भन्दै बिहीबार मुख्य सचिव, सचिव र सुरक्षा निकायका प्रमुखलाई डाकेर सजग बनाएको समाचारलाई मुख्य समाचार बनाइएको छ ।

सम्पादकीय 
‘सदावहार मन्त्री’ शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय लेख्दै भनेको छ– ‘यसरी कुनै विधेयक पारित गरिँदा भोलि सबै महत्वपूर्ण निर्णय लेनदेनबाट निर्देशित हुने परम्परा बस्न सक्छ । राजनीति एउटा त्याज्य विधा बन्ने खतरा सधैँ बढिरहन्छ ।’

‘सडक विस्तार र अवरोध’ शीर्षकमा नयाँ पत्रिकाले सम्पादकीय लेख्दै भनेको छ – बीसौं वर्षदेखि सडक मिचेर नाफा लिइरहेका घरधनीसमेत आन्दोलनमा उत्रेर सडक विस्तारका विपक्षमा जुन आन्दोलन गरिरहेका छन्, तिनीहरू वास्तवमा विकासविरोधी हुन् ।’

‘कार्कीमाथि छानविन गर’ कान्तिपुर दैनिकले सम्पादकीय लेख्दै भनेको छ–संसदीय छानबिन भइरहेकै बखत ‘बिरामीको बहाना’ देखाउँदै कार्की विदेश पलायन भएको पृष्ठभूमिमा उनीमाथि के कस्तो किसिमको कारबाही हुन्छ भन्ने चासो जीवित छ ।’
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC