site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
धोनी र युवराजको शतकमा भारतलाई सिरिज
Sarbottam CementSarbottam Cement

काठमाडौं  । पाहुना टोली इंग्ल्यान्डविरुद्दको एक दिवसीय सिरिज भारतले जितेको छ । कटकमा बिहीबार राती भएको दोस्रो एक दिवसीयमा पूर्वकप्तान महेन्द्र सिंह धोनी र युवराज सिंहको शतकीय पारीमा इंग्ल्यान्डलाई १५ रनले पराजित गर्दै भारतले सिरिज जितेको हो ।

बरबती स्टेडियममा भारतले दिएको ३८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३६६ रन मात्रै बनाउन सक्यो । दोस्रो एकदिवसीय जितसंगै भारतले ३ खेलको सिरिज २ – ० ले आफ्नो बनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतले पहिलो एक दिवसीयमा इंग्ल्यान्डलाई तीन विकेटले हराएको थियो । दुइ टोलीबीच एकदिवसीय सिरिज पछि ति – ट्वान्टी सिरिज खेल्ने छन् ।

भारतले प्रस्तुत गरेको उच्च लक्ष्य पछ्याउने क्रममा पाहुना टोलि इंग्ल्यान्डका कप्तान इयोन मोर्गानले १०२ तथा ज्यासन रोयले ८२ रन बनाए । यस्तै माइन अलीले ५५ र जोए रुटले ५४ रन जोडे । भारतका रविचन्द्रन आश्विनले तीन तथा जसप्रीत बुमराहले दुई विकेट लिए ।

Global Ime bank

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले युवराज सिंह र महेन्द्र सिंह धोनीको शतक मद्दतमा पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३८१ रनको उच्च योगफल तयार गरेको थियो । भारतका लागि धोनीले १३४ रन तथा युवराजले १५० रन बनाए ।

इंग्ल्यान्डका क्रिस वोक्सले चार विकेट लिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC