site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तपाईको आवाजले नै तपाईलाई लाग्न सक्ने रोगको बारेमा जानकारी दिन सक्छ !
Ghorahi CementGhorahi Cement

काठमाडौं । तपाईँको आवाजले तपाईलाई लाग्न सक्ने रोगको बारेमा जानकारी दिन सक्नेछ । साथै यसको अध्ययन गर्दा तपाईमा कुन रोग लाग्न सक्छ भन्ने जानकारी पनि प्राप्त गर्न सकिने बताइएको छ ।

अमेरिकाको एक स्टार्ट अप कम्पनी ‘क्यनरी स्पीच’ ले आवाजको विश्लेषण गरि न्युरोलोजिकल र अरु प्रकारका रोगहरुको बारेमा पत्ता लगाउने प्रबिधि विकास गरिरहेको छ ।

सो प्रबिधिमार्फत पार्किन्सन्स रोगदेखि अन्य अन्य विभिन्न रोगहरुको लक्षण समय भन्दा अघिनै पत्ता लगाउन सकिने बताइएको छ । बताइएअनुसार  यो सुरुवात कम्पनीका संस्थापक हेनरी ओ कोनेलको व्यक्तिगत अनुभवबाट गरिएको हो । 

Agni Group

कोनेलका एक पुराना साथीलाई ६ वर्षदेखि पार्किन्सन्स रोगको उपचार चलिरहेकोमा उनलाई यो रोग दशवर्ष अघिदेखि लागेको पाइएको थियो ।

कोनल भने, “मेरो साथीलाई लागेको रोगकोबारे ठिकसँग पत्ता लाग्यो ।  पहिला उनलाई मांसपेशि र नसामा पिडा हुन्थ्यो  । उनलाई यसअघि धेरै पटक उपचार पनि गरिएको थियो ।”

Global Ime bank

उनले अगाडि भने, “मांसपेशिमा र नसाको दुखाइ बिस्तारै बढ्न थाल्यो  जो पार्किन्सन्स रोगसँग जोडिएको थियो । यो रोग नियन्त्रणमा आएन । त्यसैले सही उपचार गर्न सकिएन सोही कारण झन तीब्ररुपमा बढेर गयो ।”

क्यानरी स्पीचले अल्जाइमर्स वा पर्किन्सन्स रोगबाट पीडित मानिसको आवाजको अध्ययन गरि एक एल्गोरिथम बनायो । जसबाट लाग्न सक्ने सम्भावित रोग वा नियन्त्रणमा आइसकेपछिको लक्षण पत्ता  यसबाट लगाउन सकियोस् । 

यसमा प्रयोग हुने शब्द वा बोलचालको गुणस्तरको अध्ययन गर्न सकिने बताइएको छ । यो अध्ययनको आधारमा धेरै प्रकारका रोगका लक्षणहरु पहिल्यै पत्ता लगाउन सकिने बताइएको छ ।

उदाहरणका लागि रोगको एक लक्षण आवाज सानो वा मधुरो हुँदै जानु ।  रोग लाग्ने मानिस नजिकको मानिसको प्रभावमा पनि यस्तो हुन सक्छ । तर क्यानरी स्पीच सफ्टवेयर आवाजमा हुने समान्य परिवर्तन पनि पत्ता लगाउन सक्छ । यसको मुख्य उद्देश्य रोगको लक्षण समय भन्दा पहिले थाहा पाउनु हो ।
सुरुआति ट्रायलमा रोगी र उसको जाँच गराउने वास्तविक कुराकानीको विश्लेषण गरिने छ ।
बेलायतका राष्ट्रिय स्वास्थ्य सेवामा रोगको जाँचका प्रमुख टोनी योङले भने, “स्वास्थ्य सेवामा आर्टीफिसियल इन्टेलिजेन्स र मेसिनको मुख्य भूमिका हुनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  ०५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC