site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जब ऋषि कपुरले अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग बसेर चिया पिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । यसै हप्ता रिलिज हुन लागेको सुनिल ग्रोबरको चलचित्र ‘कफी विथ डी’ मा चलचित्रका नायक एक डरलाग्दा व्यक्ति ‘डी’ सँग अन्तर्वार्ता लिएपछि रातारात स्टार बन्छन् । यद्यपि चलचित्र निर्माण पक्षले ती ‘डी’ भन्ने व्यक्ति को हुन् भन्नेबारे अहिलेसम्म केही खुलाएको छैन ।

तर, तथ्यले ‘डी’ भन्ने शब्द मूलरुपमा अन्डरवर्ल्ड डन (भूमिगत गुन्डा) का लागि प्रयोग गरिन्छ भन्ने प्रमाण दिएको छ । जो कोही यो नाम लिन नै डराउँछन् । 
यसैबीच बलिउडका सदाबहार अभिनेता ऋषि कपुरले सार्वजनिक रुपमा अन्डरवर्ल्ड डनसँग एकैसाथ चिया पिएको कुरा स्वीकारेका छन् ।   

ऋषि कपुरले आफ्नो आत्मकथा ‘खुल्लम खुल्लाः अनसेन्सर्ड’ मा केही यस्तै खुलासा गरेका छन् जसलाई सुनेर सबै हैरान भए । पुस्तकमा ऋषि कपुरले लेखेका छन्, ‘सन् १९८८ मई  मा एक दिन म आफ्नो साथी बिट्टु आनन्दकहाँ पुगेँ । म एयरपोर्टबाट निस्किरहेको थिएँ । त्यतिकैमा एक अपरिचित मेरो अघि आए र, मलाई फोन समाउन लगाउँदै भने, “दाउद साहब बात करेंगे ।”

Prabhu Bank
Agni Group
NIC Asia

ऋषिले अघि लेखेका छन्, “दाउदले मलाई स्वागत गरे र उनले मलाई केही चिजको पनि आवश्यक्ता पर्यो भने म उसलाई भन्न सक्छु ।” 

यस पछि ऋषिले लेखेका छन्– उनलाई दाउदका दाहिने हात मानिने बाबाले दाउद उनीसँग चिया पिउन चाहेको कुरा बताए । र, साँझमा उनलाई लिन रोल्स रोयस पठाइयो । ऋषिलाई दाउदकहाँ यसरी पुर्याइयो कि उनलाई दाउदको घरको ठेगानासम्म थाहा हुन सकेन । ऋषिले लेखेका छन्, “हामी त्यहाँ पुग्यौँ तब दाउदले भने कि उनी रक्सी पिउँदैनन् न अरुलाई नै पिलाउँछन् । यसैले उनले चिया पिउन बोलाएका रहेछन् ।”

Global Ime bank

झण्डै चार घण्टासम्म चियाको सिलसिला चलिरह्यो । दाउदले ऋषिसँग उनको चलचित्र ‘तवायफ’ सारै मन परेको बताएछन् । किनभने त्यसमा ऋषिको नाम दाउद थियो । चलचित्रको माध्यमबाट ऋषिले दाउदको नाम महान बनाइदिएको पनि उल्लेख गरेछन् । 

ऋषिले पुस्तकमा भनेको छन्, “उनले मेरा पिता, काका, दिलिप कुमार, महमुद, मुकरीजस्ता अभिनेताहरू मन परेको बताए । मलाई याद छ त्यहाँ जानु अघिसम्म म थोरै डराएको थिएँ । तर, गएपछि म सारै रिल्याक्स भएँ ।”

यसपछि दाउद इब्राहिमले उनलाई केही माग्ने बारे सम्झाइ रहे । जसलाई उनले धेरै विनम्रतापूर्वक अस्विकार गरिदिएका थिए । 

जब ऋषि कपुरलाई दाउदले आफ्नो फोन नम्बर दिए, त्यतिबेलै दाउदले कैयौँ भारतीय नेतालाई आफूले गोजीमा राखेर हिँड्ने गरेको र उनीहरूलाई किनेको पनि बताए ।

ऋषि कपुरले भनेका छन्– उनले विवादबाट बच्नका लागि यस्ता खतरनाक ग्याङस्टारसँग टाढा रहनु नै राम्रो सम्झे । 
ऋषि कपुरले अगाडि लेखेका छन्– दाउद सधैँ उनीसँग राम्रो तरिकाले भेट गर्थे । उनीप्रति जहिल्यै नरम व्यवहार गरे । तर, थाहा भएन पछि के भयो उनले भारतका विरुद्ध यति ठूलो कदम उठाए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  ०२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC