site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्रीज्यू, धुलोसँगै अराजकता पनि बढार्ने कि !

भर्खरै एउटा अनलाइन पत्रिकामा प्रधानमन्त्री पुष्पकमल दाहालले कुचो बोकेको सांकेतिक तस्बिर देखियो । सडकमा पनि निस्कने र हरेक नागरिकले पनि दैनिक केही समय धुलो सफा गर्नुपर्ने भन्ने सुन्दा कता कता आशा जाग्यो । बालककालमा दसैंका बेला गाउँबस्ती र गोरेटा सरसफाइ गरेका दिनका सम्झना ताजा भए ।

रुवान्डामा हरेक महिनाको अन्तिम शनिवार प्रायः १२ बजेसम्म गरिने उमुगान्डा कार्यक्रमको याद आयो । जनसरोकारका काम, जनताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने कार्य जो सरकारमा आएपनि र जो बिपक्षमा रहे पनि जारी रहोस् । सुरु सानै कामबाट हुन्छ ।

सरसफाइ नियमित कार्य हो । दुःखको कुरा, हाम्रो नेतृत्वलाई यति बुझ्न बुझाउन पनि वर्षौं लाग्यो । धुलो र धुवॉलाई ‘मास्क’ले छेक्न नसक्ने समयसम्म कुर्न पर्यो । विश्वमा देशको भयावह स्थिति सार्वजनिक हुने बेलासम्म कुर्नु पर्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको जनगुनासो सुन्ने बेलासम्म कुर्नु पर्यो । सरसफाइ गर्ने गराउने थुप्रै निकाय केन्द्रदेखि स्थानीय तहसम्म छन् तर जिम्मेवार हुनुपर्ने कसैलाई कसैको वास्ता भएन । लाग्थ्यो, नेपालका नेता र प्रशासक काठमाडाैंमा बसेर अन्त कतैको हावामा सास फेर्दैछन् ।

धुलो र धुवॉ दुई भिन्न तत्व हुन् । सरसफाइ स‘गस‘गै यिनका कारक तत्वका बारेमा अध्ययन गरी तिनको न्यूनीकरण गरिनु आजका लागिमात्र हैन र भोलिका लागि अर्थात् सन्तानका निम्ति पनि जरुरी छ ।

Global Ime bank

साथै सफाइ अभियान काठमाडाैंमा सीमित नगरी देशैभर पैmलाउनुुपर्छ । यस अभियानमा हरेक वर्ग र समूूहका व्यक्तिको अनिवार्य संलग्नता, चेतना र लगनको जरुरी छ । कोही नछुटोस् । कम्तीमा महिनाको एक पटक सांसदहरू आआफ्नो क्षेत्रमा पुगेर सरसफाइ अभियानमा जनताको साथ दिन सके अझ राम्रो ।

धुलो र धुवाँ सुन्दा उस्तै लागे पनि तिनको स्रोत र व्यवस्थापन भिन्नता हुन्छ । धुलो बडारिन्छ धुवॉ बडारिइँदैन । स्वास्थ्यका हिसाबले धुवॉ बढी हानिकारक हुन्छ । धुलो सही व्यवस्थापन गरिए सजिलै कम हुन सक्छ, धुवॉलाई राम्रै कसरत गर्नुपर्ने हुन्छ । नीति नियममा परिवर्तन गर्नुपर्ने हुनसक्छ । 
धुलो
सहरी क्षेत्रमा धुलो खासगरी लापरवाहीका कारण बढेको छ । जथाभावी खनजोत गर्ने, समयमा परियोजना पूरा नहुने, सुरु गरेर लथालिंग छाड्ने, परियोजना कमजोर कार्ययोजनाबाट सुरु गरिने, परियोजनामा आवश्यक न्यूनतम मानकको बेवास्ता गरिने, सम्बन्धित निकायबाट सुपरिवेक्षण नहुने इत्यादि ।

हैनभने मेलम्ची र चक्रपथको चौडाइको बढाइले किन औडाहा गराउँथ्यो ? विकास गतिशील हुन्छ । 
 यसको अन्त्यसम्म कुर्नुभन्दा सही व्यवस्थापन जरुरी छ । 

महा–उप–नगरपालिकाका कुचिकारहरूको त के कुरा गर्नू ? कतिमा कुचीकार नै छैनन् भने कतिमा कुचो हुँदैनन् । भएकामा पनि राजनीतिक पार्टी, तिनका भातृभगिनी संघसङ्गठनसँगको लगनगाँठो समात्यो, सकियो । भ्रष्टाचार राष्ट्रिय आचरण नै बनिसक्यो ।

विष्णुमतीमा रॉगा काटेर, सडकमा तररर रगत चुहाउँदै ठेलामा घिसार्ने मासु त नियन्त्रित हुन नसकेको समयमा घरघरबाट बाग्मती, विष्णुमती, र सडकमा पोखिने धुलोमैलोको हिसाब कस्ले राख्ने ? जिम्मेवारी बोध हुनै वर्षौं लाग्ने भयो ।

सरकारी विकासे अड्डामा अलिकति विकार कम हुने हो भने विकासले ल्याउने धुलोको समस्या धेरै हदसम्म हल हुन्छ । बॉकी  नगरपालिका बिउँझिन जरुरी छ । सहरी क्षेत्रमा सडक र नदी वरपरका धुलो बढाउने जमिनमा बिभिन्न सजावट गर्न सकिन्छ ।

ठाउँअनुसार, ससाना पोखरी र पानीका फोहोरा बनाउने, बगैचा बनाउने वा आवश्यकताअनुसार टायल बिच्छ्याउने वा सिमेन्टले ढलान गर्ने । मर्मत संभार गर्न बिर्सन भने हुन्न । यति गरे कमसेकम नागरिकले तिरेको करको केही सदुपयोग पनि देख्न पाउने थिए । 

नागरिकको हकमा १५ मिनेट कुचो लिएर निस्कन सबै तैयार छन् । तर, सरकार र महा–उप–नगरपालिकाले सरसफाइ अभियानलाई वैज्ञानिकीकरण गर्नेतर्फ पनि सोच्नुपर्छ । हरेक नगरपालिका र महानगरपालिकाका वडामा सानाठूला सडक बडार्ने मेसिनको व्यवस्था र कर्मचारीको उचित व्यवस्थापन अनिवार्य भैसकेको छ । हैन भने, यस्ता सबै अभियान मौसमी बाजामा परिणत हुनेमा शंका छैन ।

धुवॉ
मानव स्वास्थ्यलाई धुलोभन्दा धेरै खतरा छ धुवॉबाट । मोफसलमा केही कम भए पनि काठमाडाैं धुवॉले आक्रान्त छ ।  न त यो कुचोले नै बढारिन्छ । भन्छन् नक्कल गर्नु, रिस नगर्नु ।

छिमेकीले कुचो लिँदा हामीले पनि लिनु फरक पर्दैन । तर, नक्कल पनि आवश्यकताअनुरूप सही हुनु जरुरी छ । के हाम्रो देशको र छिमेकीको स्थिति एउटै छ ? उता कतिपय सहरमा पेट्रोल, डिजेलको स्थान एलपी ग्यास र सोलारले लिइसकेको छ भने यता अझै शुद्ध पेट्रोल डिजेल पाउनु पनि सपनाजस्तै छ । 

यस्तो भयावह अवस्थाबाट पार पाउन सरकारी नीति नियममै कुचो लगाउन जरुरी छ । सवारी साधनमा र उद्योग कलकारखानामा प्रयोग हुने इन्धन बेचबिखनको एकाधिकार हटाएर इन्धन  गुणस्तरमा सम्झौता नहुने अवस्था बनाइनुपर्छ ।

इन्धनमा पाइने धातु लिडलाई कुचो लगाउनु जरुरी छ । दैनिक रुपमा बेचिने लिड भएको पेट्रोल धर्तीको धुलोभन्दा हजारौं गुणा हानिकारक छ ।

वातावरण मैत्री, खासगरी विद्युतीय वा सोलार सवारी साधनलाई विषेश प्राथमिकता दिन जरुरी देखिन्छ । त्यस्तै, सहरी क्षेत्रभित्र भएका, खासगरी धुवॉ धुलो ओकेल्ने कलकारखाना, इँटाभट्टा, ग्यारेज, वर्कसप, कवाडी स्टोरलगायतलाई स्थानान्तरण गरिनुपर्छ । 

अन्त्यमा, 
समस्या धुलो र धुवॉमा मात्रै सीमित छैन । देशमा भएका युद्ध, कुर्चीको खिचातानी, भूगोलको खण्डीकरण, जातीय भेदभाव, छुवाछुत, मारपिट, डकैतीलगायत अराजनीतिक गतिविधि र राजनीतिक अस्थिरताले सर्वसाधारण नागरिकको मानसिक तथा शारिरिक स्वास्थ्यमा दिनानुदिन ठूलो क्षति पुर्याएको छ । त्यसबाट मुक्ति पाउन शान्तिको, एकताको, सौहार्दताको र आत्मीयताको सार्थक कुचो लगाउनु आजको आवश्यकता हो । 
हालः ताञ्जानिया 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७३  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC