site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
कमल थापा र विजय गच्छदार लाइनमा, एक एक सिटे पार्टीका दुई सांसदलाई आज मन्त्री बनाइने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । प्रधानमन्त्रीले संसद्मा एक एक सदस्य भएका दुई दलका नेतालाई बिहीबार मन्त्री बनाउन लागेका हुन् ।

प्रधानमन्त्री दाहालले अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्का र समाजवादी पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहलाई मन्त्री बनाउन लागेको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।

पहिलो पृष्ठको मुख्य समाचारमा बिहीबार दिउसो दुई मन्त्रीको शपथ हुने उल्लेख गरिएको छ । समाचारमा राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदार पनि सरकारका जाने लाइनमा रहेको उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

थापालाई कांग्रेसबाट र गच्छदारलाई उनकै पार्टीभित्रैबाट अप्ठेरो परेको पनि समाचारमा उल्लेख छ ।

प्रधानमन्त्रीले भने मधेसी दललाई पनि समेट्ने र राप्रपालाई थप मन्त्रालय दिने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
यो समाचारलाई आजको राजधानी दैनिकले पनि पहिलो पृष्ठमै प्रकाशित गरेको छ ।

Global Ime bank

‘संशोधनमा दुई तिहाइको कसरत’ शीर्षकमा राजधानी दैनिकले समाचार प्रकाशित गरेको छ । त्यसको सब हेडमा साना दलबाट मन्त्री थपिँदै भन्ने उल्लेख गरिएको छ ।
पहिलो पृष्ठको तीन कोलममा यो समाचार प्रकाशित छ ।
आजको नागरिक दैनिकले भने दोस्रो पृष्ठमा प्रकाशित समाचारको शीर्षक राखेको छ – एक सिटे पार्टीलाई बारम्बार मन्त्री ।

निर्वाचन आयोगले आय व्यय नबुझाएको भन्दै खारेज गरेको दलका सांसदलाई नै प्रधानमन्त्रीले मन्त्री बनाउन लागेको समाचारमा उल्लेख छ । प्रेमबहादुर सिंहको पार्टीलाई निर्वाचन आयोगले खारेजी गरेको छ । 
कान्तिपुर दैनिकले पनि दुई मन्त्री थपिँदै भन्ने शीर्षकमा दोस्रो पृष्ठमा समाचार प्रकाशित गरेको छ । 

सामुदायिक स्कुल अब्बल
आजको कान्तिपुर दैनिकले बारा, हेटौंडा, नवलपरासी, बुटवल र रौतहटका संवाददाताले पठाएको समाचार एकीकृत गरी मुख्य समाचार बनाएको छ । 
‘सामुदायिक स्कुल अब्बल’ शीर्षकमा प्रकाशित समाचारमा राजधानीकै केही सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका बेला मध्य तराइका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थामिनसक्नु भएको उल्लेख गरिएको छ । त्यसको मुख्य कारण प्रधानाध्यापकको नेतृत्व, शिक्षकको मिहिनेत, र नयाँ ढंगको पठनपाठन रहेको समाचारमा बताइएको छ ।

आजको कान्तिपुर दैनिकले पहिलो पृष्ठमा अख्तियार प्रमुखबाट अयोग्य घोषित लोकमानसिंह कार्कीले गरेका कामकारवाही संसद्को महाभियोग सिफारिस समितिले छानबिन गर्ने भन्दै समाचार प्रकाशित गरेको छ ।


रित्तिए बैंक
लगानीयोग्य पुँजी (तरलता) रित्तिएपछि बैंकहरू थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् ।
कर्जाको माग बढे पनि पछिल्लो एकडेढ महिना यता बैंकहरूसँग लगानीयोग्य पुँजी अभाव हुँदैगएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा मुख्य समाचार प्रकाशित छ ।

अन्नपूर्ण पोस्टले आज उच्च अदालतका ८० जना न्यायाधीशले शपथ लिएको तस्बिरलाई मुख्य तस्बिरका रूपमा प्रकाशित गरेको छ ।
काठमाडौंमा सुरु भएको इन्टरपोलको सम्मेलनको मुख्य एजेण्डा अन्तरदेशीय अपराध चिर्ने संकल्प रहेको सम्बन्धी समाचार पनि पहिलो पृष्ठमै प्रकाशित छ ।
सम्पादकीय 
‘सर्वोच्च र चुनौती’ आजको अन्नपूर्ण पास्टले सम्पादकीय शीर्षक राख्दै भनेको छ –उच्च न्यायालयका न्यायाधीशहरूको नियुक्ति राजनीतिक भागबन्डाका आधारमा भएको, न्याय परिषद् विभाजित रहेको र त्यसप्रति नेपाल बारसँगै महान्यायाधिवक्ता तथा सरकारी वकिलहरूसमेतले असन्तुष्टि व्यक्त गरेको अवस्थामा न्यायपालिका नेतृत्वले कसको आडमा आफ्नो बचाउ गर्ला ?’

‘पाठ्यपुस्तक छपाइमा ढिलाइ’ शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय लेखेको छ । ‘फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने पाँच जिल्लाको हकमा केन्द्रले समयमै पाठ्यपुस्तक नपुर्याउने निश्चित नै भएको छ,’ सम्पादकीयमा भनिएको छ ।

‘चुकेको मधेस–उठेको मधेस’ राजधानी दैनिकले सम्पादकीय शीर्षक राखेको छ । ‘१० वर्षमा प्राप्त राजनीतिक र सामाजिक उपलब्धि विस्तारै खुम्चदै जानेछ । आजका दिन कम्तीमा मधेस केन्द्रित राजनीति गर्नेहरूले सोच्नुपर्नेछ ।’

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७३  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC