site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
५५ देशका प्रहरी प्रमुख नेपालमा, आतंकवादविरुद्ध एक हुने प्रतिबद्धता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विज्ञान प्रविधिले अपराधको शैली फेरिएको बताएका छन् । बुधबार काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को २३ औं एसियन सम्मेलनमा सहभागी राष्ट्रका प्रहरी प्रमुख तथा अधिकारीहरूलाई स्वागत गर्दै अर्यालले प्रविधिको विकाससँगै सुरक्षा व्यवस्थामा पनि चुनौती खडा भएको बताए । 
उनले भने, “विश्वमा सूचना प्रविधिको विकाससँगै त्यसबाट उत्पन्न हुने धेरै समस्या हामीसामु छन् । इन्टरपोलका सदस्य राष्ट्र मिलेर तिनीहरूको सामना गर्नुपर्छ ।” इन्टरपोलजस्ता संगठित प्रयासले मात्र यी समस्या समाधान गर्न सहयोग पुर्याउने उनको भनाइ छ । 
इन्टरपोलका महासचिव जुरगेन स्टकले आतंकवाद दक्षिण एसियाको साझा समस्या भएको भन्दै यसविरुद्ध लड्न संगठित सहकार्य चाहिने बताए । 
तीन दिन चल्ने सम्मेलनमा मानव तस्करी, बलात्कार, संगठित अपराध, अवैध सुन तस्करी, साइबर क्राइम, म्याच फिक्सिङलगायत विषयमा छलफल हुनेछ । 
सम्मेलनमा भारत, अफगानिस्तान, चीन, मकाउ, थाइल्यान्ड, श्रीलंका, बंगलादेशलगायत ५५ देशका २ सय ५० प्रतिनिधि सहभागी छन् । 
नेपाल प्रहरीले यसअघि ०४५ सालमा १० औं सम्मेलनको आयोजना गरेको थियो । इन्टरपोलका १ सय ९० राष्ट्र सदस्य छन् । नेपाल प्रहरी इन्टरपोलको एक सयौं सदस्य राष्ट्र हो ।

तस्बिर : रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७३  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC