site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
माघ २२ देखि प्रिपेड मोवाइलमा पनि फोरजी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल टेलिकमले माघ २२ गतेदेखि प्रिपेड मोवाइलमा पनि चौथो पुस्ता (फोरजी) सेवा सञ्चालनमा ल्याउने भएको छ ।
पुस १७ गतेदेखि काठमाडौं र पोखरा सीमित क्षेत्रमा सफ्ट लञ्च गरेको टेलिकमले वार्षिकोत्वसको अवसर पारेर प्रिपेडमा पनि फोरजी सेवा दिन लागेको हो । प्रिपेडमा पनि फोरजी सेवा दिनका लागि काम भइरहेको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । 

व्यवस्थापिका–संसद्को विकास समिति बैठकमा राजभण्डारीले पोष्टपेडमा दिएको सेवा अब प्रिपेडमा दिने गरी काम अघि बढेको जानकारी दिइन् । उनले पुराना प्रविधि विस्थापन गरेर नयाँ प्रविधि जडानको काम भइरहेको बैठकलाई जानकारी गराइन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल टेलिकमले देशभरी १ हजार किलोमिटर लामो अप्टिकल फाइबर विस्तारको काम थाल्ने उनले बताइन् । यस्तै टेलिकमले ७५ जिल्ला सदरमुकाममा तेस्रो पुस्ता (थ्रीजी) सेवा पनि पु¥याइसकेको जानकारी दिइन् ।

अप्टिकल फाइबर सेवा नपुग्ने ठाउँमा भिस्याट प्रविधिबाट मोवाइल तथा इन्टरनेट सेवा दिने राजभण्डारीले जानकारी दिइन् ।
टेलिकमले सेवा विस्तारमा जोड दिएको बताउँदै दुर्गम क्षेत्रमा भौगोलिक कारणले गर्दा मोवाइल सेवा विस्तारमा ढिलाइ हुन गएको राजभण्डारीको बताइन् ।   
सो अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रबहादुर गुरुङले दुरसञ्चार सेवा सस्तो हुँदै गए पनि भरपर्दो र गुणस्तरिय अझै हुन नसकेको स्वीकारे । ग्राहकको कलड्रप भएमा सम्बन्धित ग्राहकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७३  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC