site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
युक्रेनमा तीन जनाबाट बच्चा जन्मियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । यसअघि बच्चा जन्माउन असमर्थ भनिएका एक जोडीकोे युक्रेनमा तीन जनाबाट अर्थात् ‘थ्री पर्सन आईभीएफ’ मार्फत् बच्चा जन्मिएको छ ।

द टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार युक्रेनको राजधानी किएभका डाक्टरहरुले   प्रोनुकुलर ट्रान्सफर भन्ने नयाँ तरिकाबाट बच्चाको जन्म भएको बताएका छन् । 
यो तरिकाबाट बच्चा जन्मिएको विश्वमा पहिलो भएको बताइएको छ । तीन जनाको डिएनएसहित बच्चा जन्मेको यो पहिलो पटक भने होइन । योभन्दा केही भिन्न तरिकाबाट एक बालक गत वर्ष मेक्सिकोमा जन्मेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

युक्रेनका डाक्टरहरुले गम्भीर आणुवांशिक समस्या मिटोकोन्ड्रियाबाट पीडित महिलाका लागि स्वस्थ्य बच्चा जन्माउने उद्देश्यले थ्री पर्सन आइभिएफ विकास गरेका थिए । यस प्रविधिअन्तर्गत आमाको अस्वस्थ मिटोकोन्ड्रियाबाट र दाताको स्वस्थ मिटोकोन्ड्रिया डिम्बलाई संग्रह गरिन्छ ।

महिलाको शरीरको बाहिर प्रयोगशालामा स्पर्मको माध्यमबाट आइभिएफ प्रजनन गरिन्छ ।
यसबाट आमा, बाबु तथा डिम्ब दाताको डिएनएसहितको बच्चा पैदा हुन्छ । ब्रिटेनका विज्ञहरुले यसलाई एक उच्चस्तरीय प्रयोग भनेका छन् ।

Global Ime bank

यो सफल प्रयोगको नेतृत्व गरेका भालेरी जुकिनले परम्परागत आइभिएफबाट गर्भाधारण गर्न नसकेका  युक्रेनी दम्पतिहरुका यो उपयोगी हुने  बताए । भालेरीका अनुसार सोही अवस्थाको एक अर्को दोस्रो दम्पति पनि उनीहरुको क्लिनिकमा आएका छन्, जसले मार्चमा बच्चा जन्माउने छन् ।

बेलायतले यसअघि नै मिटोकोन्ड्रिया रोगबाट पीडित जोडीका लागि यो थ्री पर्सन आइभिएप लाई मान्यता दिइसकेको छ । तर, यस प्रविधिबाट बेलायतमा भने अहिलेसम्म बच्चा जन्मेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७३  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC