site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
ट्रम्पको पहिलो दिनको कामः  ओबामाको कार्यकारी आदेश खारेजी, गैरकानुनी आप्रवासी धपाउने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना पुराना प्रतिवद्धताहरुप्रति बफादार हुन्छन् भने उनले ह्वाइटहाउस सम्हालेको पहिलो दिन अर्थात जनवरी २० मा निक्कै व्यस्त हुनेछन् ।

किनभने उनले हालका राष्ट्रपति बाराक ओबामाले विगत आठवर्षमा लिएका नीतिहरुलाई खारेज गर्नुपर्नेछ । जसमा  ओबामाले सुरु गरेको स्वास्थ्य नीतिः ओबामा केयर खारेजी,  रेकर्डमा नरहेको आप्रवासीहरुलाई फिर्ता पठाउने, वाणिज्य सम्झौताहरु खारेज गर्ने र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने आदि ।

यसमा केही आदेश तथा मार्गनिर्देशनहरु एउटा कलमको दस्तखतले तत्काल उल्ट्याइन सकिनेछ भने अन्य नीतिहरु महिनौं वा लामो समयावधी लाग्नेछ । तर उनले त्यसका लागि विभिन्न मोर्चामा प्रयास जारी राख्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ट्रम्पले यसअघि आफ्नो राष्ट्रपतित्वकालको पहिलो घण्टामा लिन लागेका दर्जनौं निर्णयहरु वा निर्णयहरुको बारेमा बताएका थिए । तर विज्ञहरुले एएफपीलाई बताएअनुसार ट्रम्पले इच्छा वा चाहना व्यक्त गर्दैमा केही हुँदैन । किनभने कार्यकारी निकाय वा कार्यपालिका  सरकारको एक अंग मात्र हो । न्यायपालिका तथा संसदका अन्य निकाय पनि हुन्छन् ।

“ट्रम्पले त्यहाँ पुगेपछि चाहेअनुरुप पहिलो दिन जे पनि गर्न सक्छन् भन्ने हुँदैन,” एक अध्यागमन वकिलले एएफपीसँग भने, “प्रजातन्त्रमा सीईओ हुँदैन ।”
ट्रम्पका केही प्रतिबद्धताहरु जस्तै कँग्रेसमा प्रनिधिको कार्यकाल खुम्च्याउने जस्ता बिषय भने आकासको केक जस्तै राजनीतिक आश्वासन हुन् ।
अन्य प्रस्तावहरु जस्तै पहिलो दिनमै हरेक गैर संवैधानिक कार्यकारी कार्य र ओबामाले जारी गरेका ज्ञापन तथा आदेश रद्द गर्ने कार्यले नाटकीय रुपमा राष्ट्रपतीय परम्परालाई चकनाचुर पार्नेछ ।
ट्रम्पले पहिलो दिन गर्ने भनिएका कामहरुको मुख्य बिषय यस प्रकार छन् ।

Global Ime bank

हेल्थ केयर
ट्रम्पले कँग्रेसका रिपब्लिकन नेताहरुसँग मिलेर ओबामाले सन् २०१० मा ल्याएको स्वास्थ्य बिमा कानुन ओबामा केयरलाई फिर्ता लिने र नयाँ कानुनले प्रतिस्थापित गर्ने बताएका थिए ।

उनको टिमले तत्काल यो कानुनलाई छिन्नभिन्न बनाउने एक कार्यकारी आदेश जारी गरिनेमा जोड दिएका छन् । यसमा ट्रम्पले दुई मोर्चामा आदेश जारी गर्न सक्छन् । पहिलो सो आर्फोडेबल केयर एक्ट अन्तर्गत अयोग्यलाई समेत समावेश गर्न अनुमति दिने आदेश हुन सक्छ भने अर्को सो सेवाभित्र समावेश हुन नचाहनेलाई कारवाहीबाट मुक्त गर्ने हुन सक्छ ।

ट्रम्पले हालै ओबामा केयर कानुन फिर्ता र प्रतिस्थापनको लागि मुलतः एकपछि अर्को कँग्रेसको एक्सनको अपेक्षा गर्ने बताएका थिए । तर यसको प्रतिस्थापनमा के हुने भन्ने रिपब्लिकनहरुले सार्वजनिक गरेका छैनन् ।
आप्रवासन
चुनाव प्रचार अभियानका क्रममा ट्रम्पले देशमा रहेको २० लाख गैर कानुनी   आपराधिक रेकर्ड भएका आप्रवासिहरुलाई देश निकाला गर्ने आदेश दिने बताएका थिए ।
एरिजोना राज्यमा गत अगस्टमा ट्रम्पले भनेका थिए, “मेरो अफिसको पहिलो दिन, पहिलो घण्टामा ति मान्छेहरु जानेछन् ।”
तर लियोपोल्डका अनुसार सो प्रक्रिया यस अघि नै सुरु भएको छ । ओबामा प्रशासनको पालामा अपराधीहरुलाई फिर्ता पठाउने काम  उच्च प्राथमिकतामा थियो ।
साथै लियोपोलडका अनुसार राष्ट्रपतिलाई कसैलाई  देश फिर्ता पठाउने अधिकार हुँदैन ।

ट्रम्पले पद सम्हालेको पहिलो दिन अमेरिका र मेक्सीकोको सीमामा पर्खाल बनाउन एक कानुन जारी गर्ने बताएका थिए । साथै उनले तत्काल सिरिया शरणार्थी कार्यक्रम बन्द गर्ने र पहिलो दिनमै आतंकवादको खतरा बढी भएको मानिसहरुको परीक्षण वा छानबिन राम्रोसँग गर्न नसकिने क्षेत्रका आप्रवासन रोक्ने बताएका थिए ।

उनको अर्को विवादित कदम उनले  ओबामाले सन् २०१२ मा ल्याएका बाल्यकाल आगमनविरुद्ध सजायँ स्थगित गर्ने कार्यक्रम रद्द गर्ने हो । यस अन्तर्गत  सानै उमेरमा अमेरिका आएका ७ लाख ५० हजार कुनै रेकर्ड नभएका आप्रवासी फिर्ता पठाइने बिनाडर काम गर्न पाइने व्यवस्था थियो ।
लियोपोल्डका अनुसार सो मार्गनिर्देशिका ट्रम्पले उल्ट्याउन सक्नेछन् ।

वातावरण, उर्जा
ट्रम्पले यसअघि कार्बन उत्सर्जन कम गर्ने ओबामाको क्लिन पावर योजनासहित त्यहाँको वातावरण संरक्षण निकायको अमेरिकी उद्योगविरुद्धको अतिक्रमण कम गर्ने बताएका थिए ।

उपराष्ट्रपति माइक पेन्सले पनि यसअघि  ट्रम्पले ‘कोइला विरुद्धको युद्ध’ अन्त्य गर्ने बताएका थिए ।
ट्रम्पले कोयला लिजिङको अस्थायी प्रावधान खारेज गर्ने र तेल, युरेनियम, प्राकृतिक ग्यास तथा कोइलाका लागि संघीय भूमी उत्खनन् गर्ने कार्य खुला गर्ने प्रतिज्ञा गरेका थिए ।

उनले पहिलो दिनमै ओबामा प्रशासनले रोकेको क्यानाडाबाट खाडी बन्दरगाहसम्म जोड्ने किस्टोन एक्सएल पाइपलाइन प्रोजेक्ट स्वीकृत गर्ने बताएका थिए ।

साथै ट्रम्पले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन कार्यक्रमलाई गरिने बिलियन डलरको पैसा बन्द गर्ने कामप्रति प्रतिवद्धता ब्यक्त गरेका थिए । साथै त्यो पैसा अमेरिकामा वातावरणीय संरचना बनाउन खर्च गर्ने बताएका थिए ।
व्यापार / सरकार
ट्रम्पकै पार्टीको लामो समयदेखिको स्वतन्त्र व्यापारको परम्परालाई उल्लंघन गर्दै उनले अमेरिकाले ट्रान्स प्यासेफिक पार्टनरसिप र क्यानाडा र मेक्सिकोसँगको नर्थ अमेरिका फ्रि टे«ेड एग्रिमेन्ट पद सम्हालेको पहिलो दिन रद्द गर्ने बताएका थिए ।

साथै उनले आफ्ना वित्त मन्त्रीलाई चीनलाई ‘करेन्सी म्यानीपुलेटर’ को घोषणा गर्न आदेश दिने प्रतिज्ञा गरेका थिए । 

केही विज्ञहरुले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकलाई त्यस्तो काम गर्दा  प्रतिकारात्मक काम हुन सक्ने बताएका छन् ।

वाशिङटनलाई ‘सफा’ गर्ने भन्दै ‘ड्रेन दि स्वाम्प’ नाराका साथ ट्रम्पले ह्वाइटहाउसका पूर्वराजनीतिक नियुक्तिका व्यक्तिहरुलाई  त्यहाँबाट हटेको पाँचवर्षसम्म पैरवीको काम गर्न पहिलो दिनमा प्रतिबन्ध लगाउने बताएका थिए । साथै उनले संघीय कर्मचारीहरु भर्ति बन्द गर्ने बताएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७३  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC