site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

दोलखा । जिल्लाका ६ गाविसका सम्पूर्ण भूकम्पपीडितसँग अनुदान सम्झौताको काम सकिएको छ । 

जिविस दोलखाका सूचना अधिकृत विक्रम कार्कीका अनुसार गौरीशङ्कर, लादुक, ओराङ, बाबरे, लापिलाङ र सहरे गाविसका सम्पूर्ण पीडितसँग अनुदान सम्झौताको काम सकिएको हो । गौरीशङ्करका लाभग्राही सूचीमा नाम समावेश भएका करिब तीन सय ७१ घरधुरीमध्ये सबै घरधुरीले अनुदान सम्झौता गरेको कार्कीले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी लादुकमा करिब एक हजार २५ घरधुरी रहेकामा सबैले अनुदान सम्झौता भइसकेको तथा ओराङमा रहेका चार सय ८६ घरधुरी रहेकामा ती सबैले अनुदान सम्झौता गरी पहिलो किस्ताको रकम बैंक खातामा निकासा गरिएको जिविस जनाएको छ । 

यसैगरी सहरेका आठ सय ६० घरधुरी र बाबरे गाविसका एक हजार ४५ घरधुरी र लापिलाङ गाविसका एक हजार ४१३ घरधुरीमध्ये सबै घरधुरीसँग अनुदान सम्झौताको काम सम्पन्न भएको जिविसले जनाएको छ । 

Global Ime bank

अनुदान सम्झौताको काम सुरु भएको दुई नगरपालिकासहित ४६ गाविसमध्ये छ गाविसमा मात्रै सम्पूर्ण पीडितसँग अनुदान सम्झौताको काम सकिएको हो । अन्य गाविसमा पनि अनुदान सम्झौताको काम करिब करिब अन्तिम चरणमा पुगेको तर कतिपय घरमूली जिल्ला बाहिर रहेकाको बाँकी रहेको बताइएको छ । 

रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७३  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC