site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विश्वको आधा जनसंख्या र शीर्ष ८ धनाढ्यको सम्पत्ति बराबर
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वका सबैभन्दा धनी ८ जनासँग भएको सम्पत्ति विश्वका आधा जनसंख्यासँग भएको सम्पत्तिबराबर भएको बेलायतस्थित च्यारिटी संस्था अक्सफामले जनाएको छ ।

समाचार संस्था एएफपीका अनुसार स्विट्जरल्याण्डको दाभोसमा हुन लागेको ‘विश्व आर्थिक मञ्च’ को वार्षिक बैठक सुरु हुनुअघि अक्सफामले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

रिपोर्टका अनुसार विश्वका तल्लो वर्गका आधा जनसंख्याको सम्पत्ति स्वामित्वको अन्तर माथिल्लो वर्गकोे तुलनामा यसअघि अनुमान गरिएको भन्दा निकै फराकिलो रहेको भारत तथा चीनबाट प्राप्त तथ्यांकले देखाएको  छ । विश्वका आधा जनसंख्याको बराबर सम्पत्ति होल्ड गर्ने आठ जना उद्योगपति अमेरिका, स्पेन र मेक्सिकोका हुन् ।

अक्सफामको रिपोर्टअनुसार विश्वका ३ अर्ब ६० करोड मानिससँग भएको सम्पत्ति ती ८ उद्योगपतिसँग छ । यो अवस्थाले समाजलाई  छिन्नभिन्न पार्ने अक्सफामको तर्क छ । 

Global Ime bank

अक्सफामले चीन तथा भारतबाट आएको तथ्यांकका कारण सो संस्थाले एक वर्षअगाडिको आकलनलाई संसोधन गर्नुपरेको बताएको छ । अक्सफामले एक वर्षअघि विश्वको आधा जनसंख्यासँग रहेको सम्पत्ति विश्वका शीर्ष धनी ६२ जना उद्योगपतिसँग रहेको रिपोर्ट प्रस्तुत गरेको थियो ।

दाभोसमा मंगलबारबाट सुरु हुने  ‘विश्व आर्थिक मञ्च’ बैठकको एजेन्डामा असमानता प्रमुख मुद्दा रहेको छ । शुक्रबारसम्म चल्ने सो बैठकमा विशिष्ट राजनीतिक तथा आर्थिक क्षेत्रका करिब ३ हजारले सहभागिता जनाउने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७३  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC