ad

विदेश

मेक्सिकोका राष्ट्रपतिले भने– सीमामा पर्खाल लगाएको पैसा हामी तिर्दैनौं

काठमाडौं । मेक्सिकोका राष्ट्रपति एनरिक पेना नीतोले अमेरिका–मेक्सिकोको सीमामा पर्खाल लगाउने र त्यसको पैसा मेक्सिकोलाई तिर्न लगाउने कुरा असम्भव बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले न्युयोर्कमा पहिलो पटक पत्रकार सम्मेलन गर्दै मेक्सिकोको सीमामा पर्खाल लगाउने र त्यसको पैसा मेक्सिकोलाई ब्यहोर्न लगाउने बताएका थिए । यसअघि चुनाव प्रचार अभियानका क्रममा पनि उनले सोही कुरा बताउँदै आएका थिए ।

पछिल्लोपटक ट्रम्पले सो कुरा बताएको केही घण्टापछि पेना नीतोले मेक्सिको सरकारले आगामी दिनमा अमेरिकी सरकारसँग ‘खुल्ला र पूर्ण वार्ता’ गर्न तयार भएको बताएका थिए । नीतोले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग राम्रो सम्बन्ध बनाउन चाहेको बताएका छन् ।

तपाईंको मत