site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुविर महासेठले सरकारले संविधान संशोधन विधेयकको नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा भएको कार्यक्रममा महासेठले भने, “सरकार कहाँ छ ? नेपालमा हो कि बाहिर छ ?, प्रचण्डजी सही अर्थमा हाम्रो प्रधानमन्त्री हो कि वा कसैबाट निर्देशित हो ?”

उनले मधेशी मोर्चालाई पनि विश्वासमा लिनुपर्ने कुरामा कुनै दुई मत नरहेको उल्लेख गर्दै भने, “मोर्चालाई विश्वासमा लिनुपर्छ, तर मोर्चा आफैमा एकरुपता वा अडानमा एक देखिँदैन्, दिनुहँ कुराहरु चेन्ज भैरहेका छन्, उहाँहरु पनि निर्देशित हुनुहुन्छ, यो अपवित्र गठबन्धनको सरकार हो ।”
उनले वर्तमान सरकार चुनाव गराउने पक्षमा नरहेको जिकिर गर्दै भने, “प्रधानमन्त्री चुनाव गराउने पक्षमा हुनुहुन्न, देउवाजीलाई हतार छ, तर प्रचण्डजी सत्ता लम्ब्याउने पक्षमा हुनुहुन्छ ।”

Agni Group

नेता महासेठले सरकारले आगामी जेठमा चुनाव गराउँछु भनेर बोलेका कुराहरु बाहिर आए पनि त्यसमा आफूहरुलाई विश्वास नलागेको बताए । उनले सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयक नै अवैधानिक भएकोले त्यसलाई तत्काल फिर्ता गर्नुपर्ने माग गरे । यद्यपी उनले जतिसक्दो चाँडो चुनावको मिति घोषणा गर्नुपर्ने आफूहरुको माग रहेको बताए । 

उनले निर्वाचनलाई संशोधन विधेयकसँग जोड्न नहुने समेत जिकिर गरे । नेता महासेठले भने, “संशोधन विधेयक फिर्ता गरौं, निर्वाचनको मिति घोषणा गरौं, र सहमतिमा अघि बढौं, यही नै अहिलेको उत्तम विकल्प हो ।”

Global Ime bank

उनले सरकार संविधानको धारा २७४ नै खारेज गरेर भएपनि अघि बढ्ने मनशायमा रहेको कुरा बाहिर आएकोप्रति चिन्ता व्यक्त गर्दै भने, “यस्तो गलत काम नगरियोस्, अब प्रचण्डजीलाई मेरो प्रधानमन्त्री नै अब अन्तिम हो भनेर लागेको छ भने त केही कुरै भएन, होईन भने तपाई जनयुद्ध गरेर क्रान्ति गरेर आएको नेता हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC